बाँकेको खजुरामा धार्मिक महोत्सव हुने

असल शासन प्रतिनिधि

नेपालगञ्ज, साउन २१ /बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ ।

सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो ।

भदौं ३० गतेदेखि सुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ ।  महोत्सवका लागि आईतबार भएको स्थानीयको भेलाले मुल समितिलाई पूर्णता दिएको छ ।

स्थानीयबासिको वृहद भेलाले खड्क वलीको संयोजकत्वमा मुल समिति गठन गरेको छ । समितिमा खजुरा गाउँपालिका वडा नम्बर ४ का सबै टोल, जानकी, कोहलपुर र बैजनाथ गाउँपालिकाबाट समेत प्रतिनिधित्व रहेको छ ।

अध्यक्ष वलीका अनुसार सोमबारदेखि महोत्सवको सदस्यताका लागि प्रचारात्मक अभियान चलाइने भएको छ । करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको छ ।

  • २२ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech