नेपालगन्ज/नेताहरुलाई दबाब दिनुका साथै जनश्रमदान र सहभागिता अभिबृद्दीका लागि सरसफाई अभियान थालिएको छ ।
आफ्नो घर अगाडिको फोहोर, नाला आफै व्यवस्थापन गरोै भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ र २० का युवाहरुले सरसफाइ अभियान आयोजना थालेका हुन् ।
अभियान अन्तर्गत सोमबार नेपालगन्ज उपमहानगरपालिका २० राझा आर्मी ब्यारेक अगाडि सरसफाइ गरिएको हो ।
युवाको सरसफाइ अभियानलाई हौसला प्रदान गर्न टिम डि-एडजका प्रमुख दिनेश थापा मगरको पहलमा सरसफाइ अभियान संचालन गरिएको हो ।
थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् – “नेता ज्यू र समाजसेवी” हरुलाई फोटो खिच्न भएपनि निमन्त्रणा छ है, काम अझै बाकि छ । भोलि “३ देखि ५“ साझ !