सबैको हातेमालो जरुरी

असल शासन प्रतिनिधि

नेपालगन्ज / राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले नमुना पालिका बनाउन सबैको हातेमालो आवश्यक रहेको बताएका छन् । बाँकेको डुडुवा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शनिबार भएको सकारात्मक सोच सामाजिक जवाफदेहिता र पालिका सञ्चालन विधि बिषयक तालिमको सहजिकरण गर्ने क्रममा बास्कोटाले यस्तो बताएका हुन् । जनताले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीको खोजि गरिरहेको बताउदै जनतालाई खुसी बनाउन रोलमोडेर बनेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

डुडुवा गाउँपालिकाको आयोजना, बास नेपालको सहजिकरण र सिआइजिपि को सहकार्यमा सञ्चालित तालिममा प्रशिक्षक कृष्ण हरि बास्कोटाले सुशासन, नेतृत्व बिकास, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन, स्थानीय तह बित्तिय सुशासन जोखिम मूल्याङ्कन, प्रभावकारी सेवा प्रवाह, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन, सूचनाको हक, न्यायिक समितिको काम कर्तव्य, नेपालको संविधानले व्यवस्था गरेका साझा अधिकार र एकल अधिकार, स्थानीय तह योजना तर्जुमा प्रक्रिया र सिप लगायतका बिषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वुटवल, सम्पर्क कार्यालय नेपालगन्जका शाखा अधिकृत तथा सूचना अधिकारी झलक केसीले, भ्रष्टाचारका आयाम, भ्रष्टाचारका कारक तत्व, आयोगमा पर्ने उजिरीका प्रकृती, उजुरीको अवस्था, आयोगको भुमिका, भ्रष्टाचार नियन्त्रणमा पालिकाको भुमिका, सामाजिक जवाफदेहिता लगायतको वारेमा सहजिकरण गरेका थिए ।

बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत गरेका थिए । तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले तालिमबाट जनप्रतिनिधि र कर्मचारीको काम कर्तब्य र भुमिकाको विषयमा स्पस्ट भएको बताउदै काम गर्ने थप उर्जा थपिएको बताए । तालिमबाट जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास भइ काम गर्ने सकारात्मक उर्जा थपिएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको चौधरीले भने । तालिममा गपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी १३० जनाको सहभागिता रहेको थियो ।

 

  • २२ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech