जेठी नालामा किशोर बेपत्ता

असल शासन प्रतिनिधि

नेपालगन्ज/खजुरा गाउँपालिका वडा नम्वर ७ स्थित जेठी नालामा  पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् ।

खजुरा गाउँ पालिका वडा नं ६ सिमलघारीका १५ वर्षिय विकास सुनार बेपत्ता भएका हुन् ।

श्री जनकल्याण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यानरत सुनार डुबेर बेपत्ता भएको सो बिद्यालयको व्यवस्थापन समिती अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए ।

बर्षातका कारण आएको भेलमा पौडी खेल्न जादा उनी बेपत्ता भएको, हाल उनको खोजी भइरहेको बताईएको छ ।

  • २४ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech