नाईस अवार्ड २०२३ बरिष्ठ पत्रकार गैरेलाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/नाईस अवार्ड २०२३ नेपालगन्जका बरिष्ठ पत्रकार झलक गैरेलाई प्रदान गरिएको छ ।

नाईस नेपालगन्जले संस्थाको बार्षिकोत्सबको अवसरमा प्रदान गर्ने अवार्ड अन्तरगत तेस्रो नाईस अवार्ड २०२३ नगद दश हजार सहित गैरेलाई प्रदान गरेको हो ।

नाईस नेपालगन्जको अयोजनामा आज नेपालगन्जमा आयोजित नाईस नेपालगन्जको चौथो बार्षिकोत्सब तथा नाईस अवार्ड २०२३ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद माननीय डा धवल शमशेर राणा, कार्यक्रमका अतिथि गैसस महासँघका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह, नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

पत्रकारितामा तिन दशक लामो समय देखि निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनिय योगदान पुर्याए बापत उक्त सम्मान प्रदान गरिएको हो ।

अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा संघिय साँसद माननीय डा। धवल शम्शेर राणाले नाईस अवार्ड समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि प्रेरणा भएको बताए । उनले असल कार्य गर्ने र नेपालगन्जको विकासमा अग्रणी भूमिकामा रहेका पत्रकार झलक गैरे सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको प्रतिक्रिया दिए । कार्यक्रममा बोल्दै देश बिग्रिरहेको अवस्थामा असल र राम्रा ब्यक्तिहरु राजनितिमा आएर राजनितिलाई समेत सफा गर्ने बेला आएको उनले बताए ।

कार्यक्रममा बोल्दै कार्यक्रममा अतिथि गैरसरकारी संस्था महासँघ नेपालका केन्द्रीय सदस्य तथा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्धेश्यले स्थापना गरिएको नाईस अवार्डले उत्कृष्ट कार्य गरेको बताए । पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा उत्कृष्ट काम गरेका ब्यक्तिलाई गरिएको सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने बताए । उनले सम्मानित गैरेलाई बधाई ज्ञापन गरे ।

नाईस अवार्ड २०२३ ग्रहण पश्चात बोल्दै बरिष्ठ पत्रकार झलक गैरेले ग्रेटर नेपालगन्जको परिकल्पनाका साथ पत्रकारिताको माध्यमबाट अगाडी बढीरहेका बेला नाईस नेपालगन्जले गरेको सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए ।

कर्म गर, फलको आशा नगर भन्ने भावनाका सुाथ काम गर्ने बताउदै नाईस अवार्डले पत्रकारितामा गरेको संघर्षको स्मरण गराएको बताए । आफूले गरिरहेको काममा रमाउन सकेमा सम्मान तथा पुरस्कार आफै प्राप्त हुने भन्दै सबैलाई सत्कर्ममा लाग्न उनको अनुरोध थियो । उनले पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देश भएको जनाए । विकास र सकारात्मक पत्रकारितामा लागि निरन्तर लागिरहेको उनको प्रतिबद्धता थियो । कार्यक्रममा गैसस महासँघ नेपाल बाँकेका अध्यक्ष चन्द्र प्रशाद तिमिल्सिना, शिक्षा बिद किरण आचार्य, बास नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाईस नेपालगन्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाईस नेपालगन्जका सदस्य रबिन्द्र बोहराले गरेका थिए । कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाँउपालिका, बास नेपाल, सामर्थ ग्रुप अफ होटल्स एण्ड रिसोर्ट प्रा।लि।, मलमपट्टी क्लिनिक्स नेपालगन्जले सहकार्य रहेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ७५ बढीको सहभागिता रहेको थियो ।

बार्षिकोत्सबका अवसरमा संस्थापक अध्यक्ष शाहलाई सम्मान

नाईस नेपालगन्जको चौथो बार्षिकोत्सबको अवसरमा नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहलाई सम्मान गरेको छ ।

संस्था स्थापना देखि हाल सम्म संस्थागत विकासमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गर्नुका साथै र खादा ओडाएर सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा संघिय साँसद माननीय डा। धवल शम्शेर राणा र नाईस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा संस्थापक अध्यक्ष शाहलाई सम्मान गरेका थिए । हाल संस्थापक अध्यक्ष शाह नाईस नेपालगन्जको सल्लाहकार रहेका छन् ।

नाईस अवार्ड २०२३ बाट प्राप्त रकम उपचाररत पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने घोषणा

नाईस अवार्ड २०२३ बाट प्राप्त गरेका बरिष्ठ पत्रकार झलक गैरेले अवार्ड बाट प्राप्त गरेको नगद १० हजार नेपालगन्जका एक पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरिएको छ ।

नाईस अवार्ड २०२३ प्राप्त गरेपछि बोल्दै पत्रकार गैरेले कार्यक्रमका बिच उपचाररत पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका हुन् । यसैगरी नाईस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा उपचार पत्रकारको स्वास्थ्य उपचारमा घोषणा गरिएको १० हजारमा ब्यक्तिगत रुपमा ५ हजार थपेर सहयोग गर्ने घोषणा गरेका छन् ।

साउन २३ गते जन्म दिन परेका संस्थापक अध्यक्ष शाहले कार्यक्रममा बोल्दै पत्रकार गैरेले सहयोग गरेको रकममा थपेर सहयोग गर्ने घोषणा गरेका हुन् । नाईस अवार्ड २०२३ प्राप्त गर्न सफल गैरेले परस्कार तथा अवार्ड बाट प्राप्त रकम मानवीय कार्यमा खर्च गर्दै आउनु भएको छ भने संस्थापक अध्यक्ष शाहले आफ्नो जन्म दिनको अवसरमा हरेक बर्ष मानविय कार्य गर्दै आएका छन् ।

 

 

  • २४ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech