लागु औषध सहित एक युवा पक्राउ

असल शासन प्रतिनिधि

नेपालगञ्ज/भारतको रुपैडिहाबाट लागु औषध लिएर नेपालगञ्ज फर्कदै गरेका एक युवा पक्राउ परेका छन् ।

लागु औषध अनुसन्धान व्युरोको टोलीले बिहिवार बेुलकी नेपालगञ्जको गणेशमानचौकबाट बिरेन्द्रनगर ८ सुर्खेतका होमराज के.सी.लाई पक्राउ गरेका हो ।

बाईकको सिटमा लागु औषध हालेर नेपालगञ्ज आउँदै गर्दा उनलाई पिछा गरेको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो ।

टोलीले लु ७८ प ५२१९ नम्वरको मोटरसाईकल सहित कोरेक्स २१ र नाईट्रो भ्याट ४ फाईल ४० ट्याव्लेट बरामद गरेको छ ।

 

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech