बास नेपालको वडा ईकाई कार्यालय उद्घाटन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/परिवर्तन समाज नेपाल र बास नेपाल १८ नम्बर वडा इकाई समितिको संयुक्त कार्यालय उद्घाटन गरिएको छ ।

परिवर्तन समाज नेपाल र बास नेपाल १८ नम्बर वडा ईकाई अध्यक्ष वसन्ती रोकायाको अध्यक्षतामा साउन २२ गते कार्यालय उद्घाटन भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दिपक बर्माले पानसमा दिपप्रज्वलन गर्नुका साथै रिवन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपक वर्माले दुबै संस्थाबाट समाजमा सकारात्मक काम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बास नेपालका कार्यबाहक अध्यक्ष शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्ब अध्यक्ष मन भण्डारी, वडा नम्वर १८ की वडा सदस्य आशा शाही, बास नेपाल बाँके शाखा अध्यक्ष शोभा थापा मगर, अधिबक्ता पूर्ण ढकाल, प्रभुलक्ष्मी लाईफ ईन्स्योरेन्स नेपालगञ्जका प्रबन्धक तेजेन्द्र न्यौपाने, समाजसेवी बिजय रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा परिवर्तन समाज नेपालका कोषाध्यक्ष उपेन्द्र नारायण श्रेष्ठले स्वागत गरेका थिए भने बास नेपाल ईकाईका सचिव यम नारायण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech