जन्मदर्ता र बालविवाह न्यूनीकरण बारे अभिमुखिकरण

असल शासन प्रतिनिधि

कन्चनपुर/भिमदत्त नगरपालिका वडा नम्वर न ४ को भृकुटी मा बि.मा खोप, जन्मदर्ता र बालविवाह न्यूनीकरण बारे अभिमुखिकरण सम्पन्न भएकोे छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा संचालित सामाजिक व्यावहार परिवर्तन परियोजना अन्तरगत उक्त अभिमुखिकरण सम्पन्न भएको हो ।

बिहिवार सम्पन्न उक्त अभिमूखिकरण कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्र, छात्राहरु सहभागि थिए ।

२७ जना विधार्थिको सहभागितामा सम्पन्न अभिमुखीकरणको सहजीकरण बास नेपालका सामाजिक परिचालक पुस्कर राज पन्तले गरेका थिए । अभिमुखीकरणमा कोभिड खोप तथा बाल विवाहको बारेमा र सामाजीक सुरक्षा भत्ताका बारेमा समेत जानकारी प्रदान गरिएको थियो ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech