जेठी नालामा  बेपत्ता भएका किशोर दुई दिन पछि मृत फेला

असल शासन प्रतिनिधि

नेपालगन्ज/खजुरा गाउँपालिका वडा नम्वर ७ स्थित जेठी नालामा  बेपत्ता भएका किशोर दुई दिन पछि मृत फेला परेका छन् ।

खजुरा गाउँ पालिका वडा नं ६ सिमलघारीका १५ वर्षिय विकास सुनार श्रावण २४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

श्री जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष दलकृष्ण सुनारले दिएको जानकारी अनुसार, श्रावण २६ गते १.०० बजे बेपत्ता भएको खोलाका २०० मिटर तल रहेको पिविसि ईट्टा भट्टा नजिक नालामा उनी फेला परेका थिए ।

उनी बेपत्ता भए लगत्तै सशस्त्र, जनपथ प्रहरी, स्थानीयबासीहरुको टोली उनको खाजीमा लागेका थिए । दुई दिन पछि धनौली ईलाका प्रहरी कार्यालयबाट खटिएको टोली सहित रहेका स्थानीय गोपाल तामांगले बेपत्ता सुनारको शव भेटाएर नालबाट निकालेका थिए ।

हाल उनको भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम भईरहेको छ, उनको आजै अन्तिम दाहसंस्कार मानखोलामा हुने पारिवारिक श्रोतले जनाएको छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech