अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण

असल शासन प्रतिनिधि

धनगढी / २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बास नेपाल कैलाली शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । दिवसको अवसरमा धनगढीको पञ्चोदय माध्यमिक विद्यालय परिसरमा शनिबार वृक्षारोपण सम्पन्न गरेको हो ।

गैरसरकारी संस्था महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवि खनालले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए ।
अध्यक्ष खनालले युवाहरूले गरेको वृक्षारोपण कार्यक्रम प्रशसा योग्य भहेको भन्दै युवाहरुले यस्ता अभियानहरु निरन्तर गर्नुपर्ने धारणा राखे ।
बास नेपालका उपाध्यक्ष यसोदा बरालले युवा सशक्तीकरणको क्षेत्रमा बास नेपालले निरन्तर २२ बर्षदेखी काम गर्दै आएको बताइन् । उनले वृक्षारोपण कार्यक्रमले धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको हरित अभियानमा सहयोग पुग्ने धारणा राखिन ।

युवाहरूले झण्डै एक सयबढी विरुवाहरु वृक्षारोपण गरेका थिए । बास कैलाली शाखाले आयोजना गरेको उक्त कार्यक्रममा याक नेपाल र एकाउन्टबिलिटी ल्याव नेपालको सहकार्य रहेको थियो । बास नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।

  • २७ श्रावण २०८०, शनिबार प्रकाशित

  • Nabintech