मेरो पिठ्युमा घाउ छ भन्ने थाहा पाएको छ, कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ

असल शासन प्रतिनिधि

नेपालगन्ज/बासले सञ्चालन गरेको युवा लक्षित कार्यक्रम इन्स्पाइरिङ युथको २५४औं बिशेष श्रृखला चर्चीत गजलकार प्रदिप रोदनको उपस्थितीमा साउन २७ गते नेपालगन्जमा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२३ को अवसरमा बास नेपालको आयोजना, नेपालगन्ज उपमहानगरपालिका र ब्राईटल्याण्ड स्कुलको सहयोग, सिने रोयलको प्रायोजन तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा सम्पन्न ईन्स्पाइरिङ्ग युथ कार्यक्रममा गजलकार रोदनले गजल मार्फत झण्डै ३०० बढी सहभागिहरुलाई मन्त्रमुग्ध पारेका थिए । झण्डै एक घण्टा गजल प्रस्तुत गरेका रोदनले आफ्नो प्रश्तुती मार्फत समाज परिवर्तन र भ्रष्टाचार बिरुद्ध सन्देस प्रवाह गरेका थिए । गोर्खा जिल्ला स्थायी बसोबास रहेका रोदन पेशाले शिक्षक हुन् । उनको चर्चीत गजल संग्रह मफलर बजारमा आईसकेको छ ।

कार्यक्रमको क्रममा गजलका शेर शुरु गर्दा सयौ सहभागिहरुले तालिले उत्साह थपेका थिए । गजल बाचनको क्रममा उनले यसरी गजल प्रस्तुत गरे :

दिन हुन्थ्यो काललाई पनि घुस दिन सकिन्न महोदय, ठट्टा नगर्नुस् मरेपछि ब्युझिन सकिन्न

मेरो पिठ्युमा घाउ छ भन्ने थाहा पाएको छ, कहिल्यै नआउने मान्छे आज धाप मार्न आएको छ

अरु कुनै पाएन बाहाना छिमेकीले झगडा गर्ने, मैले कुखुरा छोडेको देखेर मकै सुकाएको छ

अप्ठ्यारोमा कसैले साथ दिदैन महोदय छाता ओड्नेलाई पनि बाछिटाले रुझाएको छ

एउटा पिर आगोमा आफ्नो घर परेको छ, अर्को पिर दुस्मनको हातमा सागर परेको छ,

अघि श्रीमानको हात पर्यो उनको हालमा अहिले डाम छोप्न मेरो मफलर परेको छ

उसलाई रुवाएर पुगेन र मलाई रुवायौ फेरी कि तिमिलाई मान्छे रुवाउने टेण्डर परेको छ

केही नखाईकन कसले काम गर्छ र यहाँ महोदय, तिम्रो मायाले त मेरो मुटु खाएको छ

यसैगरी सोही कार्यक्रममा गायिका शुष्मा ग्रेसले आफ्ना गित प्रस्तुत गरेकि थिईन् ।

 

कार्यक्रमको सञ्चालन बासका केन्द्रीय सदस्य तपेन्द्र मलातीले गरेका थिए । कार्यक्रममा ३०० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निकायलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

 

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech