बास ब्राईटल्याण्ड युवा पुरस्कार खनाल र थापालाई

असल शासन प्रतिनिधि

नेपालगन्ज/बास, ब्राईटल्याण्ड युवा पुरस्कार निल सागर सेवाश्रम मार्फत मानविय कार्यमा सक्रिय सरिता खनाल र सामाजिक अभियन्ता विनोद थापालाई प्रदान गरिएको छ ।

बास नेपाल र ब्राईटल्याण्ड स्कुल नेपालगन्जको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा दुई बर्षको पुरस्कार एकै पटक प्रदान गरिएको हो । गत बर्षको पुरस्कार बिबिध कारणले गत बर्ष प्रदान गरिएको थिएन ।

बास, ब्राईटल्याण्ड युवा पुरस्कार २०२२ निल सागर सेवा श्रमकी अध्यक्ष सरिता खनाल र बास ब्राईटल्याण्ड युवा पुरस्कार २०२३ समाज सुधार संस्था नेपालका अध्यक्ष विनोद थापाले प्राप्त गर्न सफल भएका हुन् ।

साउन २७ गते शनिवार नेपालगन्जमा सम्पन्न पुरस्कार प्रदान कार्यक्रममा खनाल र थापालाई सम्मान पत्र, ट्रफि सहित नगद १५ हजार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुुख जिल्ला अधिकारी विपिन आचार्य जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सन्तोष सिंह राठौर लगायतले पुरस्कार प्रदान गरेका थिए ।

लामो समय देखि मानवीय कार्यमा क्रियाशिल खनालले सडक मानव मुक्त अभियान सञ्चालन गरि बेसाहाराहरुलाई सहारा प्रदान गर्दै आउनु भएको छ । हाल उनले निलसागर सेवाश्रम मार्फत दर्जनौ ब्यक्तिहरुलाई साहारा प्रदान गरेकि छन् भने थापा सामाजिक कार्यमा सक्रिय रहेका छन् उनले लामो समय देखि असहज परिस्थितीमा रहेका ब्यक्तिहरुलाई सहयोग गर्नुका साथै लागु औषध दूब्यसन बिरुद्ध अभियान सञ्चालन गर्दै आएका छन् । थापा समाज सेवा सुधार संस्थाको अध्यक्षको रुपमा कार्यरत छन् ।

युवाका क्षेत्रमा कार्यरत, रचनात्मक कार्य, सृजनात्मक, सामाजिक कार्यमा योगदान, सँघर्ष पश्चातको सफलता, प्रेरक व्यक्तित्व लगायतको सुचकका आधारमा हरेक बर्ष युवा पुरस्कार प्रदान गरिने गरेको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । कार्यकारी निर्देशक शाहले बास, ब्राईटल्याण्ड युवा पुरस्कारको पृष्ठभुमि, कार्यक्रमको उद्धेश्यसँगै बास ब्राईटल्याण्ड युवा पुरस्कारको घोषणा गरेका थिए ।

पुरस्कार प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापाले युवाहरुलाई सम्मान गर्ने कार्यले युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने बताए ।

बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए भने कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

बासले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा हरेक बर्ष बाँके जिल्लाका सिर्जनशिल युवालाई सम्मान गर्दै आएको छ । २०११ देखि बास युवा पुरस्कारको नामले शुरु गरेको पुरस्कारमा २०१२ देखि ब्राईटल्याण्ड स्कुल नेपालगन्जले सहकार्य गर्दै आएको छ ।

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech