संघ बाँके शाखा सचिवमा पत्रकार कार्की

असल शासन प्रतिनिधि

बाँके/स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाको रिक्त सचिव पदमा पत्रकार माधव कार्कीलाई मनोनित गरिएको छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका सचिव वीरेन्द्र प्रसाद जैशीले व्यक्तिगत कारण देखाउँदै दिएको राजिनामा स्विकृत गर्दै संघले रिक्त सचिवमा कार्कीलाई मनोनित गरेको हो ।

संघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा श्रावण २८ गते सम्पन्न बैठकले सो निर्णय गरेको संघले जनाएको छ ।

बैठकले संघको संरक्षकत्वमा रहेको हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार २०८० प्रदान गर्नका लागि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष बरिष्ठ पत्रकार निरज गौतमको संयोजकत्वमा उपाध्यक्ष मन भण्डारी र हेमराज भट्ट सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरेको छ ।

समाजसेवी माधवी शाहले आफ्ना माता, पिताको सम्झनामा स्थापना गरेको उक्त पुरस्कार हरेक बर्ष नगद सहित एक जना पत्रकारलाई प्रदान गर्ने गरिएको छ ।

 

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech