जनज्वतीका बिद्यार्थीलाई अभिमुखिकरण

असल शासन प्रतिनिधि

डडेल्धुरा । परशुराम नगरपालिका डडेल्धुराका ५७ जना बिद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ ।
परशुराम नगरपालिका वडा नम्बर ९ स्थित जनज्वती माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ९ र १० का बिद्यार्थीहरुलाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो ।
बिद्यार्थीहरुलाई स्वास्थ्य अन्तरगत बाल विवाह न्यूनीकरण, जन्म दर्ता, खोप सेवा लगायतका बिषयमा बास नेपालकी सामाजिक परिचालक बसन्ती कार्कीले अभिमुखिकरण गरेकी थिईन् । अभिमुखिकरण पश्चात बिद्यार्थीहरुले सिकेको कुरालाई घरमा अभिभावकलाई जानकारी गराउने बताएका थिए ।


बास नेपालले युनिसेफ नेपालको सहयोगमा सञ्चालीत सामाजिक तथा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम अन्तरगत सामाजिक ब्यवहार परिवर्तनका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech