अभियन्ता रावलको सातौं स्मृती दिवसमा डाक्टर रिसाललाई सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/लागु औषध बिरुद्धका अभियन्ता नयनराज रावलको सातौं स्मृती दिवस सम्पन्न भएको छ ।

दमयन्ती फाउन्डेसन नेपालको आयोजनामा सातौं स्मृती दिवस सम्पन्न भएको हो ।

स्मृती दिवसको अवसरमा रावलको स्मृतीमा स्थापित नयनराज रावल स्मृती अक्षय कोषबाट डाक्टर संकेत रिसाललाई सम्मान प्रदान गरिएको छ ।

रिसाललाई १० हजार नगद सहित नयनराज रावल स्मृती सम्मान २०८० प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी.ले डाक्टर रिसाललाई सम्मान पत्र प्रदान गर्नुका साथै पुरस्कार राशिको चेक प्रदान गरेका थिए ।

भेरी अस्पताल नेपालगञ्जमा लागु औषध दुव्र्यसन तथा एचआईभि एड्स बिरुद्ध फोकल पर्सनको रुपमा कार्यरत पेट रोग बिशेषज्ञ डाक्टर रिसाललाई लागु औषध दुव्र्यसन तथा एचआईभि एड्स बिरुद्ध उल्लेखनिय योगदान दिए बाफत सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी.ले लागु औषध बिरुद्धका अभियन्ताको सम्झनामा स्थापित पुरस्कार हरेक बर्ष असल व्यक्तिलाई प्रदान गरिदै आएको उल्लेख गर्दै संस्थालाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका केन्द्रीय सदस्य तथा पुरस्कार छनौट समितिका सदस्य नमस्कार शाहले अभियन्ता रावलको व्यक्तित्व बारे चर्चा गर्नुका साथै सम्मानित डाक्टर रिसालको योगदान बारे बोलेका थिए ।

परिवर्तन समूहकी प्रशासन तथा लेखा अधिकृत बिमला श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जुनकिरी महिला समूहका कार्यक्रम संयोजक रबिन्द्र सिंह राठौरले स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता दमयन्तिी फाउण्डेसनकी अध्यक्ष स्वर्गिय रावलकी धर्म पत्नी ईन्दिरा रावलले गरेकि थिईन्, रावलले स्वर्गीथ रावलको चर्चा गर्दै कार्यक्रम समापन गरेकि थिईन् ।

रावलको २०७३ साल साउन २९ गते बिद्युतको करेण्टबाट निधन भएको थियो ।

रावलको स्मृतीमा स्थापित पुरस्कार तथा सम्मान २०७४ सालमा लागु औषध बिरुद्धका अभियन्ताद्वय कृष्ण लामा, होम जँग शाहीलाई प्रदान गरिएको थियो भने २०७५ सालमा निल सागर आश्रमलाई, २०७६ सालमा समाज बिकास तथा प्रबद्र्धन केन्द्रलाई, २०७७ सालमा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी र जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवाश खड्कालाई प्रदान गरिएको थियो । यसैगरी उक्त पुरस्कार २०७८ सालमा अञ्जनी माता रसोईलाई प्रदान गरिएको थियो भने २०७९ सालमा नेपालगञ्ज वडा नम्वर १२ मा स्थापित प्रयास फाउन्डेसन बाँकेलाई प्रदान गरिएको थियो ।

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech