व्यापारीहरुको चुनाबी सरगर्मी बढ्यो, निर्वाचन रोक्न अदालतमा रिट

स्वतन्त्र उम्मेदवार जोशी चुनावी मैदानमा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावी सरगर्मी बढ्दो छ । दुई वटा प्यानल चुनावी प्रतिष्पर्धामा छन् ।

चुनावी सरगर्मीसँगै स्वतन्त्र उम्मेद्धार दिपेन्द्र कुमार जोशीको उम्मेद्धारी र उनले उठाएका बिषयबस्तुले निर्वाचनलाई बिबादित पनि बनाएको छ ।

प्रजातान्त्रिक र समावेशी प्यानलका उम्मेद्धारहरुसँगै एमाले समर्थित उद्योगि, व्यापारीहरुले प्यानलनै बनाई उम्मेद्धारी दर्ता गरेका थिए ।

समाबेशी प्यानलमा केही असन्तुष्टि भएपछि एमालेले छुट्टै प्यानल बनाएपनि प्यानलसँग कुरा मिलेपछि एमाले समर्थित प्यानलले उम्मेद्धारी फिर्ता लिई समाबेशी प्यानललाई समर्थन गरेको थियो । उक्त प्यानलमा एमाले समर्थित उद्योगिहरु यस भन्दा अघिनै समेटि सकेका थिए ।
सबै उम्मेद्धारहरुले उम्मेद्धारी फिर्ता लिए पनि उपाध्यक्ष पदका उम्मेद्धार दिपेन्द्र कुमार जोशीले उम्मेद्धारी फिर्ता लिएनन् ।

उनले साउन २१ गते प्रजातान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्ष पदका उम्मेद्धार मो. सफिक बेहना बिरुद्ध दिएको दावी बिरोध निबेदन दर्ता भएको र सोही समयमा समाबेशी प्यानलको तर्फबाट उपाध्यक्ष पदका उम्मेद्धार चिरिञ्जिवी ओली बिरुद्धको दावी बिरोध निबेदन निर्वाचन अधिकृतले दर्ता नगरेको बताउँदै भोली पल्ट कार्यालयमा तालबान्दि गरेका थिए ।

संघको बिधानमा अध्यक्ष र उपाध्यक्षको पदमा उम्मेद्धार हुन चाहने व्यक्ति संघको सदस्यको रुपमा रहेको औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको प्रोपराईटर, साझेदार वा संचालक हुनुपर्ने उल्लेख भएको बताउँदै जोशीले दुबै उपाध्यक्षका उम्मेद्धारमा सो योग्यता नभएको दावी सहित निवेदन दिन खोजेका थिए ।

तालाबन्दि पछि छानविन गर्ने सहमतिमा ताला खोलिए पनि छानविन नभएको भन्दै जोशी अदालत पुगेका छन् । उनले उच्च अदालत तुलसिपुर नेपालगञ्ज ईजलासमा साउन २७ गते रिट हालेका छन् । उनले उपाध्यक्षहरुको उम्मेद्धारी खारेज गर्नुका साथै निर्वाचन रोक्न माग गरेका छन् ।
यस बिषयमा जोशीले बिधानको अपव्याख्या गरेको उपाध्यक्षका अन्य द्धय उम्मेद्धार बताउँछन् । उनीहरुले बिधान बमोजिमनै उम्मेद्धारी दिएको बताएका छन् । जोशीले आफ्नो प्रचार, प्रसारलाई तिब्र पारेका छन् । धरानका मेयर हर्क सामपाङले अवलम्वन गरेको प्रचार शैली अवलम्वन गर्दै माईकिंग गर्दै भोट मागिरहेका छन् ।

 

 

  • ३० श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech