१३ जिल्लामा मनाईयो युवा दिवस

माधव कार्की

नेपालगञ्ज/बास नेपालका १३ जिल्ला शाखाहरुले २३ औँ अन्तर्राष्ट्रिय युवा दिवस भब्यताका साथ सम्पन्न गरेका छन् ।

“दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास” भन्ने मुल नाराका साथ बिभिन्न क्षेत्रबाट २३ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाईरहँदा बास नेपालले पनि बाँके जिल्ला सहित बिभिन्न जिल्ला शाखाहरु मार्फत उक्त दिवस मनाएको हो ।

बास नेपालले नेपालगञ्जको सिएसटी होटेलमा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा चर्चित गजलकार प्रदिप रोदन र चर्चित गायिका शुष्मा ग्रेषको समुपस्थितिमा युवा दिवस मनाएको शाखा अध्यक्ष शोभा थापा मगरले बताईन् । झण्डै एक घण्टा आफ्ना गजलहरु प्रस्तुत गरेर ३०० दर्शकहरुलाई प्रदिपले मन्त्रमुघद पारेका थिए ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बास नेपाल नवलपुर शाखा अध्यक्ष तेजेन्द्र रानाको नेतृत्वमा २७ गते बिहान ७ः०० बजे नाराणयी सामुदायिक वनको वनभोज स्थल थुम्सीमा बिरुवा रोप्ने (बृहत वृक्षारोपण) गरेका थिए भने बास चितवन शाखाको आयोजना तथा द इको मिनियन्स र एएफयु साहित्य सञ्जालको सहकार्यमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो ।

एएफयु रामपुरको पिजि हलमा आयोजित कार्यक्रममा रामपुरस्थित कृषि वन विज्ञान अध्ययनरत छात्रछात्रहरुको उल्लेखनीय सहभागिता रहेको प्रतियोगितामा रविन्द्र सिं बोहरा प्रथम, सदीक्षा कार्की द्वितीय र दिनेश कार्कीले तृतीय स्थान हाँसिल गरेको शाखा अध्यक्ष मणीराज अधिकारीले बताए ।

त्यसैगरी अन्तर्राष्ट्रिय युवा दिवसमा बास बैतडी शाखाले जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ५ को बस्कोट स्थित कैलपाल मन्दिर परिसरमा र वडा नं २ को निङ्गलासैनी मावि प्रांगणमा वृक्षारोपण गरिएको बास नेपाल बेतडीका अध्यक्ष रेजिना टेलरले बताईन् भने प्युठान शाखाले प्युठानको पर्यटकिय क्षेत्र मल्लरानीमा सरसफाई कार्यक्रम गरेको छ । सरसफाईका साथै ५ ठाउँमा फोहोर राख्नका लागि डस्टबिन पनि राखेको शाखा अध्यक्ष जुमान सिँह केसीले बताए ।

बास नेपाल दैलेख शाखाले अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसरमा जिल्लामा रहेका धार्मिक स्थलमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरी दिवस मनाएको हो । जिल्ला शाखा पदाधिकारीहरु सहित अन्य नागरिकहरूको सहभागितामा कार्यक्रम गरिएको दैलेख शाखामा अध्यक्ष हिक्मत बुढाले जानकारी दिए भने बास नेपाल हुम्ला शाखाले बाल मन्दिर मा बि का प्रधानध्यापक कैलाश रोकाया र शिक्षक राकेश बोहरा को उपस्थिति र आँकुरा बाल कलबका बिद्यार्थीहरुको उपस्थितिमा बाल मन्दिर माबिमा सरसफाई कार्यक्रम गरेको शाखा अध्यक्ष तिर्थराज भण्डारीले बताए ।

त्यसैगरी बास नेपाल सुर्खेत शाखाले २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा डेङ्गुरोग सार्ने एडिज लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय बिरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा उद्योग बाणिज्य सङ बास नेपाल कर्णाली प्रदेश तथा सुर्खेत शाखा लगायत अन्य संस्था हरुको सहकार्यमा वीरेन्द्रनगरमा सम्पन्न गरेको शाखा अध्यक्ष अमर शाहले बताएका थिए भने बास कैलाली शाखाले धनगढीको पञ्चोदय माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको बास कैलाली अध्यक्ष चिरिञ्जीबी छेडालले जानकारी गराए ।

साथै बास नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको सूचनाको हक र भ्रष्टाचार न्यूनीकरणमा युवाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सांसद डा.तारा जोशीको उपस्थिति रहेको थियो ।

बास बर्दिया शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उद्यमी युवा समृद्ध देशः दिगो बिकास लक्ष्यमा समान परिवेश बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बास नेपाल बर्दिया शाखा, अअि बाँसगढीको सहकार्य र युवा संजाल बाँसगढीको आयोजनामा कार्यक्रम सम्पन्न भएको शाखा अध्यक्ष राज थारुले बताए साथै बास डोटी शाखाले शनिबार जिल्ला युवा समितिको आयोजना, जिल्लामा रहेका गैरसरकारी संघसंस्थाहरूको सहकार्य र भैरब प्रसाद गण सिलगढीको व्यवस्थापनमा आयोजना गरिएको र्यालि जिल्ला प्रशासन कार्यालय डोटीको गेटबाट इन्द्रचोकमा पुगेर कोणसभा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण बहादुर सिंहले युवाहरूमा फैलिदै गएको लागूपदार्थ दुव्र्यसनी जस्ता विकृतिहरूलाइ अन्त्य गर्नका लागि स्थानीय सरकार संघ संस्थाहरूले लाग्नुपर्ने बताए । युवाहरूलाई कम्प्युटर क्षेत्रमा सिपको विकास गरी प्रोत्साहन गर्ने उदेश्यले आयोजित कम्प्युटर टाइप रेसर प्रतियोगितामा बिभिन्न विद्यालयका ५ जना विद्यार्थीहरूको सहभागी रहेकोमा र प्रथम पवित्र आवासीय मावि विद्यालयका सिलगढीका छात्र आशुतोष श्रेष्ठ द्वितीय मोर्निङ लाइट बोर्डिङ सिलगढीका छात्र आयुष सिंह त्यसैगरी तृतीय पपमाविका छात्र अशोक कुवर भएका थिए । तिनै जना छात्रहरूलाई सो कार्यक्रममा प्रशंसा पत्र र पुरस्कार प्रदान गरिएको शाखा अध्यक्ष सरिता कठायतले जानकारी गराईन् ।

बास डढेल्धुरा शाखा अध्यक्ष अनुप बिक्रम मल्लका अनुसार शाखाले युवा दिवसको अवसर बासका सम्पुर्ण पदाधिकारीहरुको सहभागीतामा अमरगढी पार्कमा सरसफाई, गोडमेल सङ्गै फुल रोप्ने कार्यक्रम सम्पन्न गरेको थियो भने बास मुगु शाखाले शाखाका पदाधिकारीहरु र बिद्यालयका बिद्यार्थीहरु जिल्ला जनस्वास्थ्य कार्यायका कर्मचारीहरु मिलेर स्थानिय छाँयानाथ र कालिका मालिका मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको शाखा अध्यक्ष चिन बहादुर शाहीले बताए ।

  • ३० श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech