नेपालगञ्जका सडकभर छाडा चौपाया

चौपाया मालिकहरुलाई मस्ती, यात्रुहरुलाई सास्ती

मन भण्डारी

बाँके/केहि दिन अघि मात्रै भारतको श्रावस्ती जिल्लाको इकौना भन्ने ठाउँमा गाइसंग कार ठोक्किदा नेपालगन्जका एकै परिवारका ४ जना गरी ६ जनाले अकालमै ज्यान गुगाउनु पर्यो ।

यो घटनाले नेपालगन्ज सहर शोखमय बनेको छ । छाडा पशु चौपायाको राम्रो व्यवस्थापन भएको भए सायद एकै परिवारका ४, ६ जनाले अकालमै ज्यान गमाउनु पर्थेन होला । पछिललो समय देशका बिभिन्न क्षेत्रमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बनेको छ । विशेष गरी सहरी क्षेत्र त्यसमा पनि तराइ क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन चुनौती बनेको छ ।

बाँके जिल्ला त्यसमा विशेष गरी नेपालगन्ज उप–महानगरपालिका भित्रका बिभिन्न समस्य मध्यको छाडा पशु चौपायाको दिर्घकालिन व्यवस्थापन हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । जथाभाबि रुपमा छाडा पशु चौपाया सडकमा छोड्नुले एकातिर सडक दर्घना निम्तिएको छ भने अकोतर्फ नगरको शौन्दर्य नै बिक्रिएको छ ।

घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको जिल्ला ट्राफिक कार्यालय बाँकेको भनाई छ । किसानले घरमा व्यवस्थापन नगरी लखेटेका चौपाया सडकमा आउने र त्यसले सवारी दुर्घटना हुने गरेको ट्राफिक कार्यालय बाँकेले जनाएको छ । पछिल्लो समय स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा समस्या उत्पन्न भएको नागरिकहरु भनाई छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष ०७९, ०८० मा बाँकेमा छाडा पशु चौपायका कारण १२ वटा सवारी दुर्घटना भएका छन् । छाडा पशु चौपायाका कारण भएको सवारी दुर्घटनामा गत वर्ष १० वटा चौपायाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्याँक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार गत वर्ष पशु चौपायासँग सवारी ठोकिँदा ६ मानिस र २ पशु चौपाया घाइते भएका थिए । पशु चौपायका कारण रातिको समयमा बढी सवारी दुर्घटना हुने गरेको तथ्याँक छ ।

बाँके जिल्लामा भएका गुर्घटनामध्ये नेपालगन्ज क्षेत्रमा बढी छन् । लामो समय देखि छाडा पशु चौपायाको ब्यवस्थापनमा लागेको नेपालगन्ज उप–महानगरपालिका पछिल्लो समय यो विषयमा मौन देखिएको छ । केहि वर्ष पहिले नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनका लागि सर्वपक्षिय छलफल गरी सबैको समन्वय र सहकार्यकार्यमा अभियाननै चलाएको थियो । तत्कालिन समयमा नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशु चौपायाको व्यवस्थापनका लागि कान्जि हाउस निर्माण गरी व्यवस्थापन गरेको थियो भने ठुलो संख्यामा गाइहरु बाहिर पठाएको थियो ।

चौपायाको ब्यवस्थापनका लागि पटक पटक अनेक प्रयास गरे पनि हाल उप–महानगरपालिका क्षेत्रको बिभिन्न ठाउँमा जथाभावी पशु चौपायको विगविगी छ । बजार क्षेत्रमा ठुलो संख्यामा छाडा पुश चौपाया हुंदा एका तिर सहरको शौन्दर्यता बिग्रिएको छ भने अर्को तिर दिनौँ सवारी दुर्घटना बढाएको छ । खास गरि बजार क्षेत्रको मुल सडकमै जथाभाबि रुपमा सांढे, गाई, खच्चड, भुस्याहा कुकुर रहनुले सडकमा आवत जावत गर्ने सवारी साधनहरुलाई समस्या बनाएको छ ।

जथाभाबि रुपमा छोडेका चौपायाहरु मध्ये घोडा, खच्चड र अन्य पशुलाई व्यवस्थापन गर्न कान्जि हाउसमा लिने गरेको भएपनि गाइको व्यवस्थापनमा भने स्थानीय सरकार मौन वसेको स्थानीयहरुको गुनासो रहेको छ । जथाभाबि चौपाया सडकमा छाड्ने पशु धनिहरुलाई उप–महानगरपालिकाले कुनै पनि किसिमको कार्बाहि गर्न नसक्दा पनि लापर्बाही भएको स्थानीयहरुको भनाई छ ।

बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिइ कान्जि हाउसमा राख्नु समस्या समाधान नभएको जस्का लागि पशु धनिहरुले नै सहयोग गरेमा समस्या समाधान हुने नेपालगन्ज उप–महानगरपालिका नगर प्रहरी शाखा प्रमुख सुर्य बोगटी बताउछन् । सडक तथा बजार क्षेत्रमा भएका छाडा घोडा र खच्चर पटक पटक नियन्त्रणमा लिइ कान्जि हाउसमा राख्ने गरिएको भए पनि १५०० जरिवाना तिरेर कृषकहरुले फिर्ता लिने र फेरी जथाभावी छोडेने भएकाले छाडा चौपाया ब्यवस्थापनमा समस्या आएको बोगटीको भनाइ छ ।

घोडा घोडा, खच्चर र अन्य पशुहरु व्यवस्थापनको लागि लागि रहेका छौँ’ बोगटीले भने “सडकमा भएका गाइलाई व्यवस्थापन गर्ने उपयुक्त ठाउँ नभएको र गाइलाई नचलाउनु भन्ने आदेश आफुलाई छ, गाइलाई सडकबाट हटाउनु भन्ने आदेश आएमा जुनसुकै समयमा हामी तयारछौँ ।”  नेपालगन्ज क्षेत्रमा भएको एउटा कान्जि हाउसमा पहिलेनै ७०, ७५ वटा गाइ भएकाले थप गाइलाई राख्नका लागि ठाउँ नभएकाले अर्को विकल्प नभएसम्मका लागि गाइको व्यवस्थापन गर्न चुनौती भएको बोटीको भनाइ छ ।

बजार क्षेत्रमा पटक पटक हुने सडक दुर्घघटनाको प्रमुख कारण मध्यको छाडा चौपाया पनि एक हो । विशेष गरी साझ तथा रातीको समयमा सडकका मुख्य चौक तथा बिच सडकमा अस्त ब्यस्त अवस्थामा छाडा चौपाया छरिएर बसेको पाइन्छ । जस्को कारण सवारी साधन संचालन गर्न असहज हुनुका साथै दुघटना घट्ने गरेको पाइन्छ । कान्जि हाउसमा लगेर राख्नु समस्या समाधान नभइ पशुको हत्या गर्नु भएको कतिपय नगरबासिहरुको भनाइ छ ।

कान्जि हाउसमा थुनेर राख्नु समस्या समाधानको उत्तम उपाय नभएको बरु कतै टाढै लगेर छोड्ने र अन्य बिकल्पको खोजिमा लाग्नुपर्ने स्थानीयहरुको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राइले राप्ती सोनारी गाउँपालिकामा रहेको कान्जि हाउसमा गाइ व्यवस्थापन गर्ने विषयमा दई पालिका बि सम्झौता भएको बताए ।

नेपालगन्जमा रहेका छाडा गाइ पशु चौपाया व्यवस्थापनका लागि राप्ती सोनारी गाउँपालिकासंग सम्झौता भएको छ, राइले भने “भाद्र १ गतेपछि नेपालगन्जको कान्जि हाउसमा भएका गाईहरु राप्ती सोनारी पठाउने र सडक तथा वजार क्षेत्रमा भएका गाइहरु नेपालगन्जकै कान्जि हाउसमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।”

मुख्य सडक तथा बजार क्षेत्रमा मात्रै नभएर नेपालगन्ज क्षेत्रको भित्री टोल टोलमा पनी जथाभाबि रुपमा पशु चौपाया छाड्नाले धेरै सर्बसाधारण र ब्यपारी ब्यबसायिहरुले समेत सास्ति खेप्नु परेको छ । लामो समय देखि रहेको यो समस्या समाधानका लागि सम्बन्धित निकायले दिर्घकालिन उपायको खोजि गर्न जरुरी छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech