६ प्रश्नमा हरी प्रशाद शर्मा

माधव कार्की

हरी प्रशाद शर्मा
सञ्चालक, अम्बिकेश्वरी टुर एण्ड ट्राभल्स, नेपालगञ्ज

१. तपाईको जीवनको आर्दश के हो ?
– पारिवारिक, सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणलाई सन्तुलनमा राख्दै सामाजिक उत्तरदायित्व बहन गर्नु मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– आत्मनिर्भरतामा बिश्वास गर्ने भएकाले स्वरोजगार मुलक ब्यवसाय गर्दै आएको छु, म मेरा सेवाग्राहीहरुको उत्प्रेरणाले गर्दानै यहाँ सम्म आईपुगेको हुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– समाजमा बिपन्न र शारिरीक रुपमा अशक्त ब्यक्तिहरुलाई आफुले गर्ने ब्यवसायका माध्यमबाट सहयोग गर्ने गरेकोछुँ । गरिब अशक्त आर्थिक अभाव भएकाहरुको दाह संस्कारमा गाडी निःशुल्क रुपमा उपलब्ध गराउने गरेको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– अम्बिकेश्वरी टुर्स एण्ड ट्राभल्सको सञ्चालक हुनु भन्दा पहिले म स्वयं सवारी चालक हुँदाको समयमा बाटोमा दुर्घटना भएको थियो । जसमा आफ्नो गल्ति नहुँदा नहुदै पनि प्रशासनको मिलोमतोमा अर्को पक्षबाट म लाई दोषी करार गरी ३५ दिन कारागार बस्नुपरेको थियो । यो नै मेरो लागि अविष्मरणिय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– भ्रष्टाचार रहित समाज र जनताको हक हितमा हुने शासननै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– संस्थागत र ब्यक्तिगत रुपले समाजका लागि सामाजिक, सास्कृति, धार्मिक र ऐतिहासि पक्षको संरक्षण गर्नकाा लागि सदैव लागिरहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech