६ प्रश्नमा अमन निलसागर

असल शासन प्रतिनिधि

अमन निलसागर, उपाध्यक्ष
निल सागर सेवाश्रम, नेपालगञ्ज

१. तपाईको जीवनको आर्दश के हो ?
– मेरो जीवनको आदर्श भनेको आफुलाई साधनाले खियाउनुका साथै आफ्ना नराम्रा भवना हटाउँदै दिन दुःखीको सेवामा खट्नुनै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्गु भयो ?
– एसओएसका संस्थापक मेरो आदर्श पिता डाक्टर हर्मन माइनर आध्यात्मिक पिता डाक्टर योगी विकाशानन्द र नीलसागर सेवाश्रमकी सस्थापक अध्यक्ष सरिता खनाज्युको उत्प्रेरणाले म यहाँ सम्म आईपुगेको हुँ ।

३. तपाईंले समाजका लागि के गरिरहनु भएको छ ?
– समाजमा नाना खाना र छाना नपाउनु भएका पुज्यनीय जेष्ठ नागरिक बुवा, मुवाहरु जसलाई आफ्नै रगतका नातागोताले चिन्नु सक्नुभएको छैन उहाँहरुलाई मैले चिन्ने बुझ्ने र श्रवणकुमार सुपुत्रको माया ममता करुणा बाँड्ने काम गरिरहेको छुँ ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– सानैमा टुहुरो भएर एसओएस बालग्राम पोखरामा बाल्यकाल बित्यो । जहाँ नाना, छाना र खानाको उचित वितरण र स्वर्गीय आनन्द, दिने वातावरण थियो त्यो नै मेरो जीवनको अबिश्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाद्वारा जनताको पक्षमा कार्य गर्नुनै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के हो ?
– एक एक इट्टा मिलेर जग बन्छ जग बलियो भए बाहिर देखिने घर बलियो बन्ने हो । त्यसैले समाजमा बस्ने एक एक ब्यक्तिमा साधनाको जग बलियो भए समाज रुपी घर बलियो हुन्छ । कर्म गर्ने फलको आशा नगर्ने एक असल समाजको पहरेदार बनेर जीवन प्रयत्न नाना छाना र खानाको अभावमा छटपटिने बेवारिसे, अशक्त, अभिभावक बिहिन बाबुनानीहरु, जेष्ठ नागरिक बुवामुवाहरुको सेवा गर्ने, मनोसामाजिक समस्याका दाजुभाइ दिदिबहिनी, सडक मानव सहयोगापेक्षीको सेवामा रमाउने प्रतिबद्धता रहेको छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech