६ प्रश्नमा मनोज कुमार श्रेष्ठ

असल शासन प्रतिनिधि

मनोज कुमार श्रेष्ठ
वडाअध्यक्ष, वडा नम्बर २ नेपालगञ्ज उपमहानगरपालिका

१. तपाईको जीवनको आर्दश के हो ?
– आफ्नो जिम्मेवारीहरुलाई पारदर्शीरुपले ईमान्दारीताका साथ समाधान गर्नुनै मेरो जीवनको आदर्श हो ।

२. कसको उत्प्रेरणाले तपाई यहाँसम्म आई पुग्नु भयो ?
– सर्ब प्रथम मेरो हजुरबुवा र बुवाले पनि राजनिती गर्दै आएको जुन कुरा मैले सानै देखी देख्दै र भोग्दै आएको थिए र पछि आफ्नै टोलका अनन्त काकाले पनि अब राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेपछि म यहाँ सम्म आईपुगेको ह्ुँ ।

३. तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफु वडा अध्यक्षको भुमिकामा रहेको हुँदा आफ्ना वडावासीहरुले राज्यबाट पाउनुपर्ने हरेक सेवा र सुविधा कसरी सरल र सहज रुपले पाउनुहुन्छ भनेर लागि परेको छु । साथै समाजमा हुने गरेका बिकृति बिसंगतिका बिरुद्ध पनि आवाज उठाउँदै आएको छु ।

४. तपाईको जीवनको अविस्मरणीय क्षण ?
– राजनीतिमा आउनु भन्दा पहिला आफु एक राष्ट्रिय खेलाडी भएको सोही क्रममा राष्ट्रिय खोलाडी भएर पुरुस्कार प्राप्त गर्दाको क्षण निकै खुशीको क्षण थियो त्यो नै मेरो जीवनको अविश्मरणीय क्षण हो ।

५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– आफु सधै नैतिकवान भएर कुन कुरा गर्न मिल्छ, कुन कुरा गर्न मिल्दैन छुट्याएर समाजका लागि काम गर्नुनै मेरो बुझाईमा असल शासन हो ।

६. समाजका लागि तपाईंको प्रतिबद्धता के हो ?
– समाजका आदर्शमान ब्यक्तिहरुले देखाएको बाटोमा लागेर सबैको भलो हुने काम गर्नु र आफ्नो वडालाई अन्य वडाहरु मध्य उत्कृष्ट वडा घोषणा गर्ने प्रतिबद्धता रहेको छ ।

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech