जोस संगै होस आवश्यक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ द आर्ट अफ लिभिङ्गका वरिष्ठ प्रक्षिक कञ्चन घिमिरेले युवामा जोस संगै होस हुनुपर्ने बताएका छन् । युवा घर नेपालगन्ज र बास नेपालको सयुक्त आयोजनामा बुधबार नेपालगन्जमा सम्पन्न युवा उत्प्रेरणा कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् ।

घिमिरेले युवाहरु समाजको मेरुदण्ड भएको बताउदै घिमिरेले भने “राष्ट्र र समाजलाई विकासको गति दिन, आफू स्वयं सम्हालिन र शान्ति अनि आनन्दपूर्ण जीवन जिउन होश र जोस दुवैको सन्तुलन आवश्यक हुन्छ ।” पछिल्लो समय युवाहरु बिभिन्न कुलतमा फसिररहेको बताउदै त्यसबाट माथि उठेर समाज र परिवारको हितको लागि काम गर्नुपर्ने उन्को भनाइ थियो । मान्छेले जस्तो वातावरण पायो त्यस्त्यै संस्कार सिक्ने बताउदै युवाहरुले राम्रो संस्कारलाई आत्म साथ गर्नुपर्ने घिमिरेले बताए ।

बास नेपालका अभिलेखिकण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रम युवा घरका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बास नेपालका पदाधिकारीहरु, कर्मचारी, युवा घरका पदाधिकारीहरु, बिभिन्न संस्थाका प्रतिनिधिहरु, बासका स्वयंसेवकहरु लगायत ५० जनाको सहभागिता रहेको थियो ।

 

  • ३१ श्रावण २०८०, बुधबार प्रकाशित

  • Nabintech