नेपालगन्ज उद्योग वाणिज्य संघ उम्मेदवारी विवाद, उच्च अदालतले दिएन अन्तरिम आदेश

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उद्योग वाणिज्य संघको उपाध्यक्ष (उद्योग) पदका उम्मेदवार चिरञ्जीवी ओलीकोे योग्यता सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अदालतका न्यायाधीशहरु भानुभक्त शर्मा न्यौपाने र वामदेव ज्ञवालीको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उम्मेदवार ओली, निर्वाचन आयुक्त र नेपालगन्ज उद्योग वाणिज्य संघविरुद्ध दीपेन्द्रकुुमार जोशीले गत २६ साउनमा उत्प्रेषण तथा परमादेशका लागि मुद्दा दायर गरेका थिए ।

उच्च अदालतको आदेशपछि ओलीको उम्मेदवारी सम्बन्धी विवाद तत्कालका लागि किनारा लागेको छ । ओली र नेपालगन्ज उद्योग वाणिज्य संघ (विपक्षी)हरुको तर्फबाट बरिष्ठ अधिवक्ता भोलासिंह हमाल, टीकाजंग सिंह, लोकबहादुर शाह, विकास आचार्य, माधवप्रसाद शर्मा, शक्तिसिंह हमाललगायतले बहस गरेका थिए ।

  • ३२ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech