कोटहीमाईमा महिनावारी बारे प्रशिक्षण

असल शासन प्रतिनिधि

रुपन्देही/ बागेश्वरी असल शासन क्लब (बास) नेपाल रुपन्देहीले महिलाहरुलाई स्वच्छता तथा महिनवारीबारे कोटहीमाई गाउँपालिकामा प्रशिक्षण दिएको छ ।

शुक्रबार कोटहीमाई गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी करीब ४ सय किशोरी तथा महिलाहरुलाई प्रशिक्षण दिएको हो ।

कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण त्रिपाठीले महिला आफु स्वच्छ भए परिवार नै स्वस्थ्य रहने बताए । महिनवारीको समय महिलाले सावधानीपुर्वक सरसफाईमा ध्यान पुर्याउनु पर्ने उनले बताए ।

घरमा उचित शौचालय, घर वारीपरी सफाई, लत्ताकपडा सफा र असल खापनको पहिचान गरी ब्यवस्थापन गर्दा महिलाहरु सहित पुरा परिवारलाई स्वास्थ्य राख्न सक्ने अध्यक्ष त्रिपाठीले बताए ।

कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गर्दै बास नेपालकि केन्द्रीय सदस्य सिमरत कौरले महिनवारी के हो, महिनावारीको समय चक्र, यसको पहिचान, महिनवारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, महिनावारीको समय हुने खतरा र स्वास्थ्यमा पार्ने असरको अवस्था, महिनवारीको बेला प्रयोग गर्ने प्याड र कपडाको गुणस्तरीयता लगायतका बारेमा प्रशिक्षण दिएकी थिइन् ।

यसैगरी महिलाहरुमा बढी देखिने रोगब्याधी, महिलाहरु हिंसामा पर्ने अवस्था र कारणहरु सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।

प्रशिक्षक कौरले महिलाहरु स्वरोजगारी हुनु र शिक्षित हुन अति आवश्यक रहेको बताइन् ।

महिला स्वस्थ भए पुरा परिवार स्वस्थ हुने तर्क दिदै महिला महिनावारीको समय रहँदा परिवारबाट शिष्ट ब्यवहार र सहयोग गर्नु पर्ने बताइन् । उनले भनिन् ‘महिनवारी एक प्राकृतिक प्रकृया हो यसलाई हामीले चाहेर पनि रोक्न मिल्दैन यसबारे लाज नमानी आफ्नो परिवार र मन मिल्ने साथीसंग शेयर गर्नुपर्दछ । पिरियडको समयको अनुभुति भएपछि स्वच्छ र सफा प्याड आफुसंग लिएर हिडनु पर्दछ ।’ प्रशिक्षण कार्यक्रममा नितु अग्रहरीले प्राविधिक सहयोग गरेकी थिइन् ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, समाजसेवी गुरुवचन यादव, विशाल गुप्ता, समा कान्दु लगायतकाले मनतब्य राखेका थिए ।
कार्यक्रममा प्रो इजी सेनेटरी प्याडले सहभागीलाई प्याड, जेन डिटरजेन्टले साबुन, सिजी कम्पनीले वाईवाई चाउचाउ र रियो कम्पनीले जूस सहयोग गरेको थियो ।

बास रुपन्देहीका अध्यक्ष सिमरत कौरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सर्बेश लोहारले संचालन गरेका थिए ।

  • १ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech