बास नेपालको बार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बास नेपालको बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठक बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ ।
बास नेपालका केन्द्रीय पदाधिकारी र कर्मचारीहरुको सहभागितामा भाद्र २ गते आर्थिक बर्ष २०७९/०८० को समिक्षा र आर्थिक बर्ष २०८०/०८१को योजना तर्जुमा गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा संस्थाले बार्षिक रुपमा गरेका संस्थागत कार्यहरु, परियोजना तथा कार्यक्रमहरुको प्रगतिका बिषयमा कर्मचारीहरुले प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात संस्थाले गरेका कार्यक्रम, उपलब्धी र प्रभावकारीताका बिषयमा बृहत समिक्षा गरिएको थियो । बैठकले संस्थाले देश ब्यापी रुपमा सञ्चालन गरेको सुशासन अभियान, विभिन्न कार्यक्रम तथा परियोजना मार्फत विपन्न तथा लक्षित बर्गलाई सेवाको मुल प्रवाहमा ल्याउन भएका कार्यहरु, सरकार र सरोकारवालाहरु बिचको समन्वय र सहकार्य प्रभावकारी रहेको र आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडी बढाउदै लैजाने निष्कर्ष निकालेको थियो । समिक्षाको क्रममा बास नेपाल केन्द्रीय कार्यालयमा विभिन्न कार्यक्रम तथा परियोजना हेर्ने १६ जना कर्मचारीहरुले आआफ्नो कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका बारेमा प्रश्तुतीकरण गरेका थिए । बैठकमा संस्थागत नीति नियम तथा निर्देशिकाहरुका बारेमा बासका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।


बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको बैठकमा बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्मा, महासचिब खुमेस सुबेदी, कोषाध्यक्ष कल्पना अधिकारी लगायत केन्द्रीय पदाधिकारीहरुले संस्थाको उद्धेश्य अनुरुप संस्थालाई उचाईमा पुर्याउन महतवपूर्ण भूमिका निर्वाह गर्ने ब्यवस्थापन समितिलाई धन्यबाद ज्ञापन गरेका थिए ।


यसैगरी बैठकले आर्थिक बर्ष २०८०/०८१ को योजना तर्जुमा गरेको छ । गत बर्षको प्रगति, चुनौती र सिकाईका आधारमा बैठकमा उपस्थित केन्द्रीय पदाधिकारीहरु र कर्मचारीहरुले आआफ्नो तर्फबाट ब्यक्तिगत योजनाहरु पेश गरेका थिए । पेश भएका योजनाहरुमाथि बृहत छmलफल पश्चात बैठकले आर्थिक बर्ष २०८०/०८१ को योजना तर्जुमा गरेको थियो । एक दिने बैठकको समापन बैठकका सभाध्यक्ष तथा बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले गरेका थिए ।

  • ३ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech