दैलेखको दुल्लुमा प्रकाश

असल शासन प्रतिनिधि

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा बास नेपालले उपशाखा पुनर्गठन गरेको छ ।
भाद्र २ गते शनिबार बास नेपाल दैलेख शाखाका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा दैलेखको दुल्लुमा भएको युवाहरुको भेलाले उपशाखा पुर्नगठन गरेको हो ।
बास नेपाल कर्णाली प्रदेश सचिव नारायण प्रसाद रिजालको प्रमुख अतिथ्यतामा भएको भेललाले १३ सदस्सीय उपशाखा समिति चयन गरेको छ ।

पुर्नगठित उपशाखाको अध्यक्षमा प्रकास प्रसाद आचार्य, उपाध्यक्ष कमला कुमारी रावत, सचिवमा शुशिल कार्की, सहसचिवमा उपेन्द्र देवकोटा र कोषाध्यक्षमा जिसिना थापा चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः मनिराज आचार्य, सविना कुमारी थापा, प्रकाश रावत, जगत कुमारी पाण्डे, दिलिप शाही, अस्मीता कुमारी सिंह, ललित थापा र चित्र प्रसाद लम्साल रहेका छन् । नव गठित उपशाखाका पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि र बास दैलेख शाखा अध्यक्षले बधाई ज्ञापन गरेका थिए ।

  • ३ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech