नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा धामी

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका उम्मेदवार टंकबहादुर धामी विजयी भएका छन् ।

धामीले दुई हजार ४ सय ५६ मत प्राप्त गरी विजयी भएका हुँदा  उनका निकटतम प्रतिद्वन्द्वी साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवार ललित कुमार रौनियारले एक हजार ५ सय ६६ मत प्राप्त गरेका छन् । पराजित भएका रौनियार भन्दा धामीले ८ सय ९० मत बढी प्राप्त गरेका छन् ।

त्यसैगरी, ईन्दिरा शाही सहित सदस्यमा समावेशी प्यानलका ७ र साझा प्रजातान्त्रिक प्यानलका ३ जना विजयी भएका छन् ।

उपाध्यक्ष तीनजना, महासचिव, उपमहासचिव र कोषाध्यक्ष पदका लागि मतगणना जारी छ ।

 

  • ३ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech