निर्वाचन परिणामका बिषयमा बिबाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन परिणामका बिषयमा बिबाद भएको छ ।

महासचिव पदको निर्वाचन नतिजामा बिबाद उत्पन्न भएको हो ।

महासचिव पदमा जम्मा ६ मतान्तरले समावेशी प्यानलका भीम बहादुर रानाभाट विजयी भएपछि मत गणनामा चित्त नबुझेको भन्दै साझा प्रजातान्त्रिक प्यानलले पुनः मत गणना गर्न माग गर्दै साझा प्रजातान्त्रिक प्यानलले बिरोध स्वरुप मत गणनास्थलमा तालावन्दी गरेको थियो । तालावन्दी पछि निर्वाचन समितिका सम्पूर्ण सदस्य नेपालगन्ज रंगशालाको कवर्ड हलमा थुनिएका थिए ।

रानाभाटले १९२६ मत प्राप्त गर्दा साझा प्रजातान्त्रिक प्यानलका टंक प्रसाद शर्माले १९२० मत पाएका थिए । निर्वाचन समितिले मत गणना आज हुने जनाएको छ ।

  • ४ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech