महासचिवको मतगणना भएन, निर्वाचन आयुक्त अस्पताल भर्ना

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन परिणाम सार्वजनिक भएर बिजेताहरु बिजयोत्सव गरिरहेका छन् भने बिजयी भनेर घोषणा गरिएका महासचिव पदका उम्मेद्धार भीम बहादुर राना भाटले बिजयोत्सव मनाउँदै गर्दा उक्त पदको पुनः मतगणना हुने बिषयले नेपालगञ्ज तताई रहेको छ ।

निर्वाचन समितिले शनिवार साँझनै परिणाम घोषणा गरेको थियो । महासचिव पदको मतणना हुँदै गर्दा मतपत्र गणना हुन बाँकी रहँदै निर्वाचन समितिले रानाभाट निर्वाचित भएको घोषणा गरिदिएको आरोप लगाउँदै साझा प्रजातान्त्रिक प्यानलका उम्मेद्धार टंक प्रसाद शर्माले निवेदन दिई पुनः मतगणना गर्न माग गरेका थिए ।

महासचिव पदमा जम्मा ६ मतान्तरले भीम बहादुर रानाभाट विजयी भएको घोषणा निर्वाचन समितिले गरेको थियो । महासचिवको मत गणनामा चित्त नबुझेको भन्दै साझा प्रजातान्त्रिक प्यानलले बिरोध स्वरुप मत गणनास्थलमा तालावन्दी गरेको थियो । तालावन्दी पछि निर्वाचन समितिका सम्पूर्ण सदस्य नेपालगन्ज रंगशालाको कवर्ड हलमा थुनिएका थिए ।

रानाभाटले १९२६ मत प्राप्त गर्दा साझा प्रजातान्त्रिक प्यानलका टंक प्रसाद शर्माले १९२० मत पाएका थिए । निर्वाचन समितिले आज भाद्र ५ गते पुनः मत गणना हुने सूचना टाँस गरेपछि तालबन्दि खोलिएको थियो । आज बिहानबाट शुरु हुने भनिएको मतगणना एकाएक रोकिएको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघ निर्वाचन २०८० निर्वाचन आयुक्तको कार्यालयद्धारा जारी सूचनामा निर्वाचन आयुक्त टिकाजँग सिंह बिरामी भई आजै अस्पताल भर्ना भएको हुँदा उपस्थित हुन नसकेको भन्दै तीन दिनका लागि मतगणना कार्य स्थगित भएको जनाईएको छ ।

उक्त सूचनामा बिरामी भनिएका निर्वाचन आयुक्त सिंहले आफै हस्ताक्षर गरेका छन् । सिंहको कुन अस्पतालमा उपचार भईरहेको छ भन्ने बारे उक्त सूचनामा खुलाईएको छैन ।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech