घोडाघोडीमा स्वास्थ्यकर्मीकालागि तिन दिने तालिम

असल शासन प्रतिनिधि

कैलाली । सामाजिक ब्यवहार परिर्वतन सञ्चार सम्बन्धि ३ दिने तालिम कैलालीको घोडाघोडी नगरपालिकामा सुरु भएको छ ।
समुदाय सहभागिता तथा मानव केन्द्रित डिजाईन मार्फत सामाजिक ब्यवहार परिवर्तन सम्बन्धि तालिम आज बाट सुरु भएको हो । घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र बहादुर सिंहको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशिले स्वागत तथा तालिमको उद्देश्य माथि प्रकाश पारेका थिए । अधिकृत जोशीले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालनगर्नकालागि परियोजनाले स्थानीय तहसंगको समन्वयमा सामाजिक ब्यवहार परिर्वतन सम्वन्धि क्रियाकलाप सञ्चालन गरिने र यसका लागि स्थानीय सरकार तथा स्वास्थ्य सेवा प्रदायकको सहयोग र सहभागिताको अपेक्षा समेत व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका स्वास्थ्य शाखाका मानवहादुर वोहराले परियोजनाले लाभान्वित समुदायको शसक्तिकरणमा सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । खोपको पूर्ण मात्रा पुरा नभएकावालवालीका, एक मात्रा पनि नपाएका वालवालीकाको खोजी गरि तालिका अनुसार खोप अभियान नगरपालीका वाट सञ्चालन भईरहेको र यसको प्रभावकारी कार्यान्वयनमा कार्यक्रम मार्फत सहयोग हुने जनाए ।


उद्घाटन कार्यक्रमलाई समापन गर्दै निमित्त प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र बहादुर सिंहले सामाजिक ब्यवहारले नै समाज टुक्रिने र जोडिने गरेको बताए । उनले भने सामाजिक ब्यवहार राम्रो गर्न सके यसले समाजलाइ एकत्रित गर्दछ । तीन दिने तालिम पश्चात स्वास्थ्यकर्मिहरुले गरिरहेको काममा प्रभावकारीता आउने उनको भनाई थियो । तिन दिन सम्म चल्ने तालिममा सामाजिक तथा ब्यवहार परिवर्तन र मानव केन्द्रित डिजाईनका विभिन्न बिषयमा प्रशिक्षक अशोक जोशीले सहजिकरण गरिरहनुभएको छ ।
घोडाघोडी नगरपालिका भित्रका २० जना स्वास्थ्यकर्मि सहभागि रहेको तालीमको सञ्चालन बास नेपालका ईन्द्रा केसीले गरेकि थिईन । युनिसेफको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित सामाजिक तथा ब्यवहार परिवर्तन सञ्चार कार्यक्रम कर्णाली र सूदुरपश्चिम प्रदेशमा सञ्चालीत छ ।

  • ५ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech