भर्थरीले बुहारीलाई पिटे भकभकती

बुहारी कुट्ने ससुरा प्रहरी खोरमा

असल शासन प्रतिनिधि

बर्दिया/सार्वजनिक स्थलमा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका–११ विजयनगरका ५३ वर्षीय भर्थरी चौधरीले बुधबार २६ वर्षीया बुहारी प्रमिलालाई घरबाट कुट्दै सार्वजनिक स्थलमा लगेर हात, लात्तीले हिर्काउँदै बेहोस हुनेगरी कुटपीट गरेको भिडियो सार्वजनिक भएको थियो ।

घटना सार्वजनिक भएपछि उनको खोजी गर्दै प्रहरीले पक्राउ गरेको हो ।

उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमाख भाइरल भएको थियो । कुटपिट नगर्न उनकी श्रीमती, बडघर लगायत स्थानीय महिलाले रोकथाम गर्ने प्रयास गरेपनि उनीहरुको प्रयास सफल हुन नसकेको उक्त भिडियोमा देखिन्छ । उल्टै सम्झाउन गएका महिलामाथिनै उनले हातपातको प्रयास गरेका थिए ।

मदिरामा लठ्ठ रहेका कुटपिट गरेका भर्थरीले यसअघि पनि आफूलाई कुटपिट गर्दे आएको पीडित प्रमिलाले बताएकि छन् । मोबाइलमा फिल्म हेरेकोे रिसमा ससुराले आफुलाई कुटपिट गरेको उनले बताईन् । कपाल लुछ्दै लात्तीले हिकाउँदै ससुराले सडकसम्म पुर्याएको उनले बताईन् ।
प्रमिलाका श्रीमान् ताप्लेजुङमा छन् । उनी त्यहाँ मजदुरी गर्दछन् ।

अभियुक्त भर्थरीलाई बिहीबार इलाका प्रहरी कार्यालय, बाँसगढीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक सुधिर खड्काले बुहारीमाथि बेहोस हुने गरी कुटपिट गरेका भर्थरीमाथि कानुन बमोजिम कार्वाही हुने बताए ।

भर्थरी मदिरा पिएपछि अराजक भई गाउँभर आतँक मच्चाउने गरेको स्थानीयले बताएका छन् ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech