यो हो नेपालगन्जको सडक बिकास !

असल शासन प्रतिनिधि

नेपालगञ्जको सुर्खेतरोड सडक रत्न राजमार्ग हो । यस सडकलाई बनाउने, भत्काउने काम निरन्तर भईरहेको छ । कहिले फराकिलो बनाउने, कहिले मर्मत गर्ने, कहिले नाला चौडा पार्ने त कहिले ट्राफिक लाईट लगाउने नाममा सडक खन्ने गरिएको छ । सडक बिकासको श्रेय आआफुले लिने होडवाजीमा सडक तहस, नहस भईरहेको छ ।

बिकास अड्डाहरु बिचको प्रभावकारी समन्वय अभावमा सडक भताभुंग पारिएको छ । सडक भत्काई पछि प्रयोजन सकिए पछि पुर्ननिर्माण गर्ने ठाउँमा सडकलाई त्यत्तिकै छाडिंदा सडक कुरुप बन्दै गईरहेको छ । सम्बद्ध निकायहरु कानमा तेल हालेर सुतिरहेका छन् ।

– प्रेम सुनार
नेपालगञ्ज

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech