मानव अधिकार संरक्षणमा सक्रिय

असल शासन प्रतिनिधि

आलम खान
अध्यक्ष, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– २०६९ साल चैत्र ५ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा बिधिवत रुपमा दर्ता भएर मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको छ यस संस्थाले । यस संस्थाले मानव अधिकार उलङ्गघनका घटनाहरुको दस्ताबेजीकरण, जातिय बिभेदका घटनाका पीडितहरुलाई कानुनी सहायता, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै र जनचेतना फैलाउँदै आएको छ । स्थानीय स्तरमा मानव अधिकारका सवाललाई उठाउन सहज होस भनेर पालिका स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेका छौं ।

२. यहाँहरुको सहकार्य कुन कुन संस्था र निकायहरुसँग रहेको छ ?
– थर्ड एलायन्स लगायत स्थानीय तहसंग यस संस्थाको सहकार्य रहेको छ ।

३. यहाँहरुले कसका लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– मानव अधिकारका घटना उलंघन र जातिय बिभेदका घटनाबाट पीडित भएकाहरुका लागि बाँके, बर्दिया, दाङ, कैलाली र कन्चनपुर जिल्लामा काम गर्दै आएका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन् ?
– प्रहरीबाट भएको यातनाका पीडितहरुलाई कानुनी सहयोग प्रदान गरिएको छ भने १५ जना नागरिकता पीडितहरुलाई निःशुल्क कानुनी सहयोग, विभिन्न समयमा भएका आन्दोलनहरुको अनुगमन गरी दस्ताबेजीकरण गरिएको छ ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– राज्य पक्षबाट हुने यातनाका घटना दस्तोबेजीकरण गर्दा प्रहरीहरुको दबाब धेरै आउने गरेको छ । त्यो चुनौतिका बावजुद पनि न्यायका लागि लड्दै आएका छौं ।

६.आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– मानव अधिकारका क्षेत्रमा स्थानीय निकायसंग समन्वय गरी काम गर्ने भन्ने योजना रहेको छ भने दातृ निकायहरुसंग समन्वय गरी लुम्बिनी र सुदुरपश्चिममा काम गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
मानव अधिकारका लागि काम गरौं भन्ने सन्देश दिन्छु ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech