प्लाष्टिकजन्य सामाग्री निकाल्दै मज्दुर

बब्लु शेष

नेपालगन्ज/नेपालगन्ज उपमहानगरपालिकाको नालामा रहेको प्लाष्टिकजन्य सामाग्री निकाल्दै एक स्थानीय मज्दुर । नगर भरबाट बग्ने नालाहरुमा प्लाष्टिकका बोत्तल लगायतका सामाग्रीहरु रहँदा नाला बन्द हुने सम्भावना सधैं रहँदै आएको छ । उपमहानगरपालिकाका सरसफाई कर्मचारीहरु नाला सफाईमा नलागिरहेका बेला आफ्नो घर खर्च चलाउनका लागि प्लाष्टिक संकलन गर्ने मजदुरहरु जोखिम मोलेरै भएपनि प्लाष्टिकजन्य सामाग्रीहरु निकाल्ने गर्दछन् । जसबाट उनीहरुको खर्च मात्रै चलेको छैन, नाला सफाईमा योगदान पनि पुगेको छ ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech