पत्रकार एलिजाले गरिन् आत्मदाह

असल शासन प्रतिनिधि

जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको थियो । गण्डकी मेडिकलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो निधन भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।

उनको मंगलबार साँझ सेती किनारस्थित शान्तिघाट अन्त्येष्टि गरिएको छ । मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech