विरेन्द्रनगरमा बाल क्लव र किशोरीहरुको लागि एक दिने अभिमुखिकरण

रबिन्द्र बोहरा - अभिलेखिकरण अधिकृत, बास नेपाल

सुर्खेत/बिरेन्द्रनगर नगरपालिका सुर्खेतमा बाल क्लव र किशोरीहरुको लागि एक दिने बाल विवाह र खोप सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धरा संचालित मानव केन्द्रीत दृष्टिकोण मार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत सो अभिमुखिकरण सम्पन्न भएको हो । ३० जना सहभागि रहेको अभिमुखिकरणको उद्घाटन सत्रमा विरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्मा, बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, सुर्खेत शाखा अध्यक्ष अमर शाहीको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रमा बोल्दै शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले बालक्लव र किशोरी संजाल गठन गर्नुमा मात्र सीमित नभएर सामाजिक कार्यमा समेत अग्रणी भुमिका खेल्नु पर्ने बताए ।
बास नेपालका सुर्खेत शाखा अध्यक्ष अमर शाहीले अभिमुखिकरणबाट बाल क्लकका पदाधिकारी र किशोरीहरुको क्षमता अभिवृद्धि हुने र आगामी दिनमा बाल विवाह न्यूनिकरण गर्न र पुर्ण खोपको अवस्था सिर्जना गर्न टेवा पुग्ने बताए ।

कर्णाली प्रदेश संयोजक धिुरेन्द्र शाहीले बाल अधिकार सुनिस्चित गर्दै, बाल विवाह अन्त्य गर्न र खोप अभियानलाई पुर्णता दिन बाल क्लव र किशोरी संजालको भुमिका अर्थपूर्ण हुने भएकाले यस्ता प्रकारका क्षमता अभिवृद्धिका तालिम र कार्यक्रमले बालबालिकालाई थप मजबुद बनाउनुका साथै समाजका विसंगती, विकृति र गलत परम्पराको अन्त्यको लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए ।
बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले उदेश्य बारे जानकारी गराएका थिए अभिमुखिकरणको उदुघाटन सत्रको संचालन बास नेपाल कर्णाली प्रदेशका सह सचीव ललिता विश्वकर्मा वडले गरेकी थिइन् ।

एक दिने अभिमुखिकरणमा बाल विवाह, खोप, खोपको महत्व, मानव केन्द्रीत डिजाइन लगाएतका विषयहरुमा बासका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरा र बासका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले सहजिकरण गरेका थिए ।

 

  • ७ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech