हुम्लाका जैशी खोलामा बेपत्ता

सुन्दर रावत

हुम्ला/खोलाले बगाउँदा ताजाकोट गाउँपालिका वडा नम्बर ४ का मनऋषी जैशी बेपत्ता भएका छन् ।

सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिपगाड खोला तर्ने क्रममा जैसि बेपत्ता भएको उनका भाई धर्मदत्त जैशीलाई उधृत गर्दै रिपका स्थानीय बिजय फडेराले बताए ।

स्वार्गिय बुवाको लागि खार्पुनाथ मन्दिरमा आउन लागेका जैशीलाई खोला तर्ने क्रममा बेपत्ता बनाएको हो ।

घरबाट हिँजो हिँडेका ५० बर्षिय जैसी आज बिहान खोला तर्ने बेला सगै आएका भाई तरे पनि दाइलाई खोलाले बेपत्ता बनाएको हो ।

गए रातिको बर्षाले सोही खोलामा पानी बहाब उच्च भएको थियो भने बिहान खोला तर्दा बेपत्ता भएका हुन् ।

उक्त खोलामा लगाइएको पुल पनि धेरै टाढाको दुरिमा र जोखिम भएकाले सागुबाट तर्ने गरे पनि बर्षाले सागु समेत बगाउँदा खोला तर्दा बगाएको हो ।

बेपत्ता हुने संगै भएका आएका भाइको अहिले रिपाका स्थानीयले उद्धार गरेको जानकारी प्राप्त भएको छ ।

  • ८ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech