स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी नरैनापुरमा

असल शासन प्रतिनिधि

नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९/०८० मा संचालित स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी भएकोछ ।
नरैनापुर गाँउपालिका स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा उक्त गोष्ठी सम्पन्न भएको हो ।
बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तरगतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आर्थिक बर्षमा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । गोष्ठीमा प्रस्तुत गरिएको बिवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको नरैनापुर गाउँपालिका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिए ।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलता पुर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद ज्ञापन गरेका थिए ।


गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा चालु आर्थिक बर्षमा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सुचकहरु राम्रो भएकाले आगामी दिनमा यस गाँउपालिकालाई नमुना स्वास्थ्य गाँउपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता गरेका थिए । गोष्ठीको समापन कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम लगायतको उपस्थिती रहेको थियो ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech