स्वास्थ्यकर्मीहरुलागि तिन दिने तालिम सञ्चालन

असल शासन प्रतिनिधि

डडेल्धुरा । सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार र मानव केन्द्रित डिजाईन पद्धती सम्बन्धी तिन दिने तालिम डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालन भएको छ ।
युनिसेफ नेपालको सहयोग, परशुराम नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम भाद्र १० गते देखि शुरु भएको हो ।


परशुराम नगरपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै परशुराम नगरपालिका स्वस्थ्य शाखा प्रमुख तेज बहादुर सिंहले खोपको पहुँच शतप्रतिशत बालबालिका सम्म पुर्याउनु पर्नेमा जोड दिए । तीन दिने क्षमता अभिबृद्धी तालिमले स्वास्थ्यकर्मीको ब्यक्तिगत ब्यवहार र कार्य शैलीमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक पर्ने भन्दै तालिम पश्चात स्वास्थ्य सुधारमा सहयोग पुग्ने उनको बिश्वास थियो । तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा कार्यक्रममा पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे ।
उद्घाटन सत्रमा स्वागत तथा तालिमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका अनुगमन अधिकृत हरि प्रसाद जोशीले नगरपालिका क्षेत्रमा सञ्चालन हुने परियोजनाका क्रियाकलापमा सहकार्य गर्दै तालिमले स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए । उनले परसुराम नगरपालिकामा स्वास्थ्य सुचकहरु सुधार गर्न तालिमको आयोजना गरिएको बताए ।


तालिमको उद्घाटनमा परशुराम नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख तेज बहादुर सिंह, स्वास्थ्य शाखाका अनुगमन अधिकारी महेश धामी, युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी लगायतको उपस्थिती रहेको थियो । तीन दिने तालिममा सामाजिक ब्यवहार परिवर्तनका विभिन्न बिषयमा युनिसेफ नेपालका प्रकाश आचार्य, प्रशिक्षक अशोक जोशी र बासका अनुगमन अधिकृत हरि प्रसाद जोशीले सहजिकरण गरिरहेका छन् । तालिममा परशुराम नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech