कञ्चनपुर शाखा अध्यक्षमा चक्र

असल शासन प्रतिनिधि

कञ्चनपुर / भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको कञ्चनपुर शाखा सोमबार पुनर्गठन गरिएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा बसेको भब्य भेलाबाट १३ सदस्यीय शाखा पुनर्गगठन गरिएको छ भने शाखाको अध्यक्षमा चक्र प्रसाद पन्त सर्वसम्मत चयन भएका छन् । शाखाका उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्षमा क्रमश कृष्ण सिह धामी, द्रोपती जोशी,आशीष बोहरा र राधिका उपाध्याय रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा ममता तिरुवा, मनिशा ओली, रेणु पार्की, विमला शाही, दिप प्रकाश भट्ट, विरेन्द्र सिंह, मनिशा पार्की लाई सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै बास नेपाल कञ्चनपुर शाखाका पुर्ब अध्यक्ष पुष्कर राज पन्तले “एउटा व्यक्तिले चाहेर भ्रष्टाचार नरोकीने भएकाले त्यस्का लागि सबै संयन्त्र चुस्त र दुरुस्त हुनु पर्ने साथै हरेक नागरिकहरु सचेत बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकाल सफल, फलदायी र उपलब्धिमूलक रहेको बताउदै नयाँ आएको टिमले पनि भ्रष्टाचार र सुशासनका लागि अहोरात्र लागिपर्नुपर्ने बताउदै शुभकामना दिए ।

मुलुकमा बढेको आर्थिक संकट, बजारमा बढेको कालो बजारी, विकासमा भएको मनपरी, सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती सबै भ्रष्टाचारका कारक हुन् । नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र आर्थिक सुशासन कायम गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्न नागरिक अगुवा, प्रशासन सहित सबै संयन्त्रबीच क्रियाशील एकता हुनपर्छ भन्ने कुरामा सबै सदस्यको एक मत थियो ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech