स्टार ईन्टरनेशनल अवार्डको तेस्रो संस्करण थाईलैन्डमा

पप गायक बास झापाका अध्यक्ष अर्जुन खरेल उत्कृष्ट

असल शासन प्रतिनिधि

नेपालगञ्ज / तेस्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड सम्पन्न भएको हो । लामो समयदेखि आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपालसहित म्यानमार, थाईलैण्ड र युएईबाट करिव तीन दर्जन व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।

प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो थियो भने, साहित्यतर्फ राधादेवी पराजुली, सामाजिक सेवाका लागि टंकप्रसाद न्यौपाने, शान्ताकुमारी दाहाल भट्टराई, र लक्ष्मीप्रसाद संग्रौलालाई प्रदान गर्दा, शिक्षा सेवाबाट जयन्ती शिवाकोटीलाई, बैंकिङ क्षेत्रबाट रन्जु खत्री र युवा व्यबसायी एवं प्रवास सेवाबाट यदु केसीलाई सम्मान प्रदान गरिएको थियो । बैंककको होटल सायम सिजनमा आयोजित कार्यक्रममा यो वर्षको स्टार ईन्टरनेशनल अवार्ड पाउनेहरूमा उत्कृष्ट गीतकारको तर्फबाट प्रमोद भट्टराई ‘प्रतिक’, उत्कृष्ट मेकअप आर्टिष्ट हेयरमा सविना खड्का, उत्कृष्ट कोरियोग्राफरमा महेश गोदार, उत्कृष्ट व्युटिसियन सरिता पत्रवंश, उत्कृष्ट होटल तालीम केन्द्रमा ग्रिनल्याण्ड होटल तालिम केन्द्र, उत्कृष्ट मोडल प्रकाश वोसेल, उत्कृष्ट ईमर्जिगं विजनेश अफ दि ईयरका लागि प्रविन रानाभाट रहनुभएको थियो ।

यसैगरी, मोडल अफ द ईयरका लागि अनुप अधिकारी, उत्कृष्ट प्याजेन्ट मोडलका लागि रितिका शाह, ईमर्जिङ कन्सल्टेन्सीका लागि जजमेन्ट एजुकेशन फाउण्डेशन, उत्कृष्ट एभिएसन टेनिङ ईन्ष्टिच्यूटका लागि गीता एभिएसन, उत्कृष्ट दशक चरित्र अभिनेता अवार्डबाट वरिष्ठ कलाकार उद्धवप्रसाद भट्टराईलाई प्रदान गरिदा उत्कृष्ट दशक अभिनेताबाट श्रीदेव भट्टराई र उत्कृष्ट व्यबसायीमा गोपाल खड्कालाई अवार्ड प्रदान गरिएको थियो । यसैगरी विभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरू उत्कृष्ट लोकदाहोरी गायक विर्ख कामी र उत्कृष्ट पप गायक अर्जुन खरेलको अवार्ड अन्य सहभागीलाई प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी अधिकारी, विशेष अतिथीहरू घिमिरे, तिमल्सिना र आयोजक कमिटीका अध्यक्ष राज लुईटेलले अवार्ड तथा सम्मान प्रदान गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथी अधिकारीले आफू गीत सङ्गीतमा लामो समयदेखि लगाव भएकाले यस्ता कार्यक्रममा सहभागी हुन पाउनु निकै गौरवान्वित महशुस भएको र आफ्नो नेतृत्वमा रहेको कर्पोरेशनको महत्वपूर्ण गन्तव्य रहेको थाईलैण्डमा नै यसरी ख्याती प्राप्त व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनुलाई अवष्मरणीय क्षणको रुपमा लिएको कुरा बताउनुभयो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सोनीत राज ढुंगेलले गर्नुभएको थियो । राष्टखवर, पव्लिक सूचना तथा नेपाल एयरलाईन्सको सहयोग रहेको कार्यक्रमसँगै थाईलैण्ड मलेसिया तथा सिंगापुरमा ग्लोबल टुरिज्म कन्फ्रेन्सको समेत आयोजना गरिने कार्यक्रम रहेको जनाइएको छ । यसअघि कतारमा पहिलो संस्करण गरिएको स्टार ईन्टरनेशन अवार्ड दोस्रो नेपालमा र तेस्रो थाईलैण्डमा गरिएको हो ।

  • ११ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech