छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरलाई ज्ञापन-पत्र

असल शासन प्रतिनिधि

नेपालगन्ज/तत्काल छाडा चौपाया नियन्त्रणका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न नागरिक समाजका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण गराईएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टलाई सम्बोधन गर्दै आज बास नेपालले उपमहानगरपालिकाको ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा पछिल्लो समय नेपालगञ्ज क्षेत्रमा छाडा पशु चौपायाको ब्यवस्थापन नहुँदा सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै नगरको सौन्दर्य समेत बिग्रिएको उल्लेख छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा पशु धनीले घरमा व्यवस्थापन नगरी लखेटेका चौपाया सडकमा आउने र त्यसले सवारी दुर्घटना निम्तयाएको उल्लेख छ ।

ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक उधृत गर्दै ज्ञापनमा पत्रमा आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा छाडा पशु चौपायका कारण १२ वटा सवारी दुर्घटना भएका छन् भने छाडा पशु चौपायाका कारण भएको सवारी दुर्घटनामा गत वर्ष १० वटा चौपायाको मृत्यु भएको, यसैगरी गत वर्ष पशु चौपायासँग सवारी साधन ठोक्किँदा ६ मानिस र २ पशु चौपाया घाइते भएको, छाडा पशु चौपायका कारण रातिको समयमा बढी सवारी दुर्घटना हुने गरेको उल्लेखछ ।

भाद्र १० गते राती साढे दश बजे विशालचोक नेपालगन्जमा छाडा चौपाया गाईसंग मोटरसाइकल ठोकिएर घाइते भएका राजापुर बर्दियाका प्रदिप थारुको उपचारको क्रममा राति ज्यान गएको उल्लेख गर्दै ज्ञापन पत्रमा दिनानुदिन दूर्घटना बढ्दै गएपनि अपेक्षा अनुसार छाडा पशु चौपाय नियन्त्रण र ब्यवस्थापनमा नेपालगन्ज उप–महानगरपालिकाको भुमिका प्रभावकारी नरहेको भन्दै बजार क्षेत्रका सडकहरुमा यत्रतत्र रहेका सांढे, गाई, गोरु, खच्चड, गधा, कुकुर लगायतका छाडा चौपायहरुबाट सहरनैं असुरक्षित बनेको काञ्जि हाउस व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

बास नेपालले नेपालगन्ज उपमहानगरपालिकालाई छाडा पशु चौपाया ब्यवस्थापनका लागि नौ बुदें सुझाव दिएको छ ।

जसमा जथाभाबि सडकमा चौपाया छाड्ने पशुुधनीहरुलाई चेतावनी सहित माईकिङ्ग गर्नुपर्ने, छाडा चौपाय नियन्त्रणका लागि सचेतनामुलक अभियानहरु सञ्चालन गर्नुपर्ने, हाल रहेको काञ्जि हाउसको उचित व्यवस्थापन गर्नुपर्ने, सडकमा रहेका चौपायहरुको तत्काल काञ्जि हाउसमा व्यवस्थापन गर्नुपर्ने, चौपायहरुलाई छाडा छाड्ने पशुधनीहरुलाई कडा कार्वाही गर्नुपर्ने, छाडा चौपायबाट भएको दुर्घटनाबाट घाईते भएका व्यक्तिहरुको उपचारमा सहयोग, निधन भएका व्यक्तिहरुलाई क्षतिपूर्तीको ब्यवस्था गर्नुपर्ने, छाडा चौपाया नियन्त्रण व्यवस्थापन निर्देशिका तर्जुमा र लागु गर्नुपर्ने, बृहद् काञ्जि हाउसको निर्माण गर्नुपर्ने र छाडा चौपायाहरुको नियन्त्रणका लागि नगर प्रहरीको व्यापक परिचालन गर्नुपर्ने रहेको छ ।

यसैगरी बास नेपालको टोलीले नेपालगञ्ज २१ स्थित काञ्जी हाउसको अवलोकन गरि बस्तुस्थिती बुझेको छ । कार्यकारी निर्देशक नमस्कार शाह नेतृत्वको टोलीले काञ्जी हाउसको अवलोकन गरेको हो । अवलोकनबाट प्राप्त तथ्य, छाडा चौपायको बिगबिगिका आधारमा ज्ञापन पत्र पेश गरिएको बास नेपालले जनाएको छ ।

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech