ऐन नियममा रही काम गर्ने प्रतिबद्धता प्र.नि बि.सि

असल शासन प्रतिनिधि

नेपालगञ्ज / वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रह्री निरिक्षक हरी बहादुर बि.सि ले नेपाल प्रहरीको ऐन नियम कानुन मा रहि काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

मंगलबार वडा प्रहरी कार्यालय नेपालगञ्जले आयोजना गरेको परिचयात्मक तथा पत्रकार सम्मेलन कार्यक्रममा वडा प्रहरी ईन्चार्ज प्रहरी निरिक्षक बि.सि ले सो कुरा बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा ४ बर्ष काम गरिसकेका प्रहरी निरिक्षक बि.सि हालै कैही दिन अगाडी मात्र सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

देशमा शान्ती सुरक्षा कायम गर्न स्थानिय सञ्चारकर्मीहरुको सल्लाह र समन्वयको खाँचो हुने भएकाले नेपालगञ्जका मुख्य समस्याहरुको बारेमा जानकारी लिने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा राष्ट्रिय तथा स्थानिय दर्जन बढि सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपालगञ्ज शहर सदभावको शहर भएको र यहाँ सबै जाती धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यस शहरलाई मिलाएर लानुपर्ने, नेपालगञ्जमा दिनहुँ लागू औषधका घटनाहरु बढिरहेकाले त्यस्को लागि बिभिन्न बिद्यालयमा जनचेतना मुलक कार्यक्रमहरु गर्नु पर्ने,प्रहरी मेरो साथी र मुस्कान सहितको सेवाको लागि नेपाल प्रहरी लाग्नुपर्ने,सञ्चारकर्मीहरुले पाउनु पर्ने सुचनाहरु चुस्त दुरुस्त रुपमा सहजै पाउनुपर्ने लगायतका सुझावहरु सञ्चारकर्मीहरुको राखेका थिए ।

सञ्चारकर्मीहरुको सुझाव सँगै प्रहरी निरिक्षक बि.सि ले  नेपाल प्रहरीले चाडवाडमा सुरक्षा अपनाउनुका साथै सुचनाको क्षेत्रमा सञ्चारकर्मी हरु सँग सहयोग सहकार्य रहने बताए ।

  • १२ भाद्र २०८०, मंगलवार प्रकाशित

  • Nabintech