हरिहर माविमा अभिमुखिकरण

असल शासन प्रतिनिधि

डोटी/डोटी जिल्लाको शिखर नगरपालिकामा रहेको हरिहर माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
शिखर नगरपालिका वडा नम्बर ६ तल्कोटमा रहेको उक्त बिद्यालयका बिद्यार्थीहरुलाई बालबालिकाहरूमा खोपको उपयोग वृद्धिको लागि विद्यार्थीहरूको भुमिका विषयक अभिमुखिकरण गरिएको हो। युनिसेफ नेपालको सहयोगमा तथा बास नेपालको आयोजनामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा ब्यवहार परिवर्तन कार्यक्रम अन्तगत भाद्र १३ गते बुधबार सम्पन्न भएको हो। बालबालिकाहरूले १५ महिना भित्र लगाउने खोपहरू, कोभिड १९ खोप, लगायतका विषयमा शिखर नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी ध्रुव बहादुर सिंहले अभिमुखिकरण गरेका थिए। अभिमुखिकरण कार्यक्रमबाट सिकेको कुरालाई घरमा गएर आफ्ना अभिभावकलाई जानकारी दिन शिखर नगरपालिका शिक्षा शाखाका प्रशासन सहायक रोजि सिंहले बताइन् । उनले बालविवाह नगर्ने र गर्ने बिरुद्ध अभियान सञ्चालन गर्न बिद्यार्थीहरुलाई अनुरोध गरिन् । बासका सामाजिक परिचालक सरिता कठायतले शत प्रतिशत खोप र जन्म दर्ताको अभियानमा लागेको भन्दै खोप नलगाएका र जन्म दर्ता नभएका बालवालिकाहरुको बारेमा जानकारी दिन अनुरोध गरिन् । उनले बाल विवाहका कारण हिंसा निम्तीले भन्दै त्यसका बिरुद्ध सबैले आवाज उठाउन अपिल गरिन् । अभिमुखिकरणमा ८० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो अभिमुखिकरणको अन्त्यमा सहभागि बिद्यार्थीहरुलाई स्वास्थ्य किट वितरण गरिएको थियो ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech