भिमदत्त नगरपालिकामा लार्भा नष्ट अभियान

असल शासन प्रतिनिधि

महेन्द्रनगर । डेंगी सक्रमण नियन्त्रणका लागि कन्चनपुरको भिमदत्त नगरपालिकामा लार्भा नष्ट अभियान सञ्चालन भएको छ ।


युनिसेफ नेपालको सहयोग, भिमदत्त नगरपालिका र सहरि स्वास्थ्य केन्द्र जिमुवाको सहकार्य तथा बास नेपालको आयोजनामा डेंगी सक्रमणको जोखिममा रहेका स्थानहरुमा स्वास्थ्यकर्मी, स्वयम् सेविका र युवा स्वयम्सेवकहरुले लामखुट्टेले फुल पार्न सक्ने ठाँउ पत्ता लगाई नष्ट गर्ने, गमला, टायर लगायत खुला स्थानमा लामखुट्टेको बासस्थान नष्ट गरिएको छ ।

अभियान अन्तरगत भाद्र १३ गते भिमदत्त नगरपालिका वडा नम्बर १० का विभिन्न डेंगी जोखिम ठाउँमा डेङ्गुका लार्भा नस्ट गरिएको बास नेपालका सामाजिक परिचालक पुष्कर राज पन्तले जनाएका छन्। अभियानको क्रममा युवा स्वयम् सेवकहरुले डेंगीको बारेमा तयार गरिएको सचेतना मुलक प्रचार सामाग्री वितरण गरिएको उनले जनाए । अभियानमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी, युवा स्वयंसेवक, स्वयंसेविका लगायतको सयुक्त सहभागिता रहेको छ ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech