दुल्लुमा ब्यवहार परिवर्तन

रबिन्द्र बोहरा

बास नेपालको आयोजनामा दुल्लु नगरपालिका दैलेखमा वडा सदस्य आमा समूह, बाल क्लब र किशोरीहरुलाई एक दिने सामाजिक ब्यवहार परिवर्तन विषयक अभिमुखिकरण प्रदान गारिएको छ ।
युनिसेफ नेपालको सहयोगमा संचालित सामाजिक व्यबहार परिवर्तन कार्यक्रम अन्तर्गत दुल्लु नगरपालिकाको सहकार्यमा १२ गते मंगलबार बालक्लब र किशोरीहरुलाई र १३ गते बुधबार माहिला सदस्य र आमा समुहका पदाधिकारीहरुलाई सो अभिमुखिकरण सप्पन्न भएको हो ।
अभिमुखिकरणको उद्घाटन सत्रमा दुल्लु नगरपालिकाका मेयर भरत प्रसाद रिजाल, स्वास्थ शाखा प्रमुख बिष्णु बहादुर शाही, महिला तथा बालबालिका शाखामा कार्यरत ममता थापा, बास नेपालका कर्णाली प्रदेश समितीका सचीव नारायण रिजालको उपस्थित रहेको थियो भने दुबै दिनको कार्यक्रममा २०र२० जना सहभागीको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रमा बोल्दै मेयर भरत प्रसाद रिजालले पछिल्लो समय मानिसहरुमा नकारात्मक स्वभाव हाबी हुँदै गएकोले त्यसको नियन्त्रण र समाधानको लागि सामाजिक व्यवहार परिवर्तन हुन आवश्यक रहेको तथा गाउँघरमा मानिसहरूको आनिबानी, खानपानमा समेत सुधार ल्याउन यस्ता खालका व्यवहार परिवर्तन कार्यक्रम अति महत्त्वपूर्ण रहेको बताए । मेयर रिजालले बास नेपाल र युनिसेफ नेपाललाई धन्यवाद ज्ञापन गर्दै पालिका सधैं राम्रा कार्यको लागि साजेदारी र सहकार्य गर्न तयार रहेको बताए । कार्यक्रममा सुरुवातमा स्वास्थ शाखा प्रमुख बिष्णु बहादुर शाही र महिला तथा बालबालिका शाखामा कार्यरत ममता थापाले शुभकामना मन्तव्य राखेका दिए ।

बाल बिबाह, खोप तथा खोपको महत्त्व, सामाजिक ब्यवहार परिवर्तन, सामुदायिक संलग्नता लगाएतका विषय समेटिएको दुबै दिनको अभिमुखिकरणको सहजीकरण बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले गरेका थिए । पहिलो दिनको अभिमुकरणको उद्घाटन सत्रको सहजीकरण बास नेपालका कर्णाली प्रदेश समितिका सचिव नारायण रिजाल र दोस्रो दिन बास नेपालका दुल्लु उपशाखाका अध्यक्ष प्रकाश आचार्यले गरेका थिए ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech