रक्षा बन्धनमा बास नेपाल

रबिन्द्र बोहरा

हिन्दु धर्मावलम्बीहरुको पबित्र पर्व रक्षा बन्धनको उपलक्ष्यमा बास नेपालको दुल्लु उपशाखाले शुभकामना आदानप्रदान तथा संगठन साक्षात्कार कार्यक्रमको आयोजना गरेको छ । बास नेपालको कर्णाली प्रदेश समिति, दैलेख जिल्ला समिती र दुल्लु उपशाखा समितीमा आवद्ध रहेका पदाधिकारीहरुको उपस्थितिमा भाद्र १४ गते दुल्लुमा सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा एक अर्का बिचमा आपसी भाइचारा र सहिष्णुता कायम गर्दै गित, गजल, कबिता, तथा नृत्यका माध्यमबाट शुभकामना आदानप्रदान गरि रक्षा बन्धनको महत्त्व दर्शाउने तथा यस्ता पर्वमा बासको सहभागीता र सहकार्यता झल्काउने कार्य गरिएको छ ।

बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले भर्चुअल माध्यमबाट शुभकामना दिए भने प्रदेश समिती सचीव नारायण रिजालले साहित्यक रचना मार्फत शुभकामना प्रदान गरे । बास नेपालका दैलेख जिल्ला अध्यक्ष हिक्मत बुढाले नृत्य प्रस्तुत गरि शुभकामना दिए भने सचीव कृष्ण कमल अधिकारीले शुभकामना मन्तव्य मार्फत शुभकामना दिए ।
बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले साहित्यिक रचना मार्फत शुभकामना प्रदान गरे ।
दुल्लु उपशाखाका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सम्पुर्ण उपस्तथित पदाधिकारीहरुले आआफ्नो तर्फबाट शुभकामना दिएका थिए ।
सोही कार्यक्रममा बास नेपालको संस्थागत प्रोफाइल र संस्थाको विषयमा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले प्रस्तुतीकरण गरेका थिए ।
प्राचीन समयमा देवराज इन्द्रले दैत्यहरुसँग १२ वर्ष सम्म युद्ध गर्दा समेत पराजय भोगे पछि अन्तमा गुरु बृहस्पतिबाट रक्षा स्वरुप राखी बाँधेर युद्धमा सहभागी भए पछि बिजय प्राप्त गरेको धार्मिक मान्यता अनुसार यो पर्व मनाउने चलन रहि आएको छ । यो पर्वमा बहिनीले भाइको हातमा राखी बांधेर भाइले बहिनीको रक्षा गर्ने र भाइ बहिनीको माया अटुट हुने विस्वास रहि आएको छ ।
कार्यक्रम समापन पश्चात् बसेको बास नेपालको प्रदेश, जिल्ला र उपशाखाको पदाधिकारीको संयुक्त बैठकले यहि भाद्र ३० गते दैलेखमा १० हजार, ७ हजार र ५ हजार राशी सहितको प्रथम, द्वितीय र तृतीय पुरस्कर सहितको खुला एकल तिज नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

  • १४ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech