काम गर्दै गर्दा एम्बुलेन्सद्धारा ठक्कर

असल शासन प्रतिनिधि

नेपालगञ्ज / शुक्रबार बिहान १० बजे धम्बोजी स्थित सिटीजन बैंक अगाडी काम गर्दै गर्दा अशोक लामालाई एम्बुलेन्सले ठक्कर दिएको छ ।

कोहलपुर देखी नेपालगञ्ज आउँदै गरेको नेपालगञ्ज मेडीकल कलेजको भे १ च ९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भई सडकको छेउमा नाली बनाईरहेका दुईजना कामदार माथि बाटै घस्रिएर बिद्युतको पोलमा ठोकीन पुगेको थियो ।

एम्बुलेन्स ड्राईभर आस्फाक खाँनले चलाईरहेको एम्बुलेन्स तिब्र गतिमा आफुतिर आईरहेको देखेका एम्बुलेन्सको ठक्कर बाट बाँच्न सफल कामदार पेमा द्धवाचो दुखेसो पोख्दै भन्छन् एक्कासी आफैतिर गाडी आएपछि आफ्ु त भाग्न सफल भए तर मेरा साथी अशोक लामा घाईते भएका छन् ।

घाईते पेमालाई उपचारका लागि नेपालगञ्ज मेडीकल कलेज पुरयाईएको ट्राफिक कार्यालय नेपालगञ्जका ईन्चार्ज ओम प्रशाद पौडेलले बताए ।

अति ब्यस्त सडकमा यसरी तिब्र गतिमा गाडि हुँईक्याउनु र सडकमा काम गर्दा काम गर्ने स्थानमा साईन बोर्ड अथवा कुनै साईनिङ डोरी नराखी काममा लगाउने सम्बन्धीत निकाय वा ठेकेदारलाई पनि कडा कार्बाही गर्नुपर्ने घटणा स्थलमा भेटीएका प्रत्यदर्शीले बताए ।

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech