बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रधानको निधन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ ।

उपचारका क्रममा उहाँको वेष्टर्न अस्पताल नेपालगन्जमा दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मेका थिए । लोकप्रिय डाक्टर प्रधान अस्वस्थ भएर वेष्टर्न अस्पतालको आईसियुमा उपचार्थ भर्ना थिए । चिकित्सकहरुको अथक प्रयासका बावजुत उनको निधन भएको हो ।

डाक्टर दुर्गा प्रधान पश्चिम नेपालकै ख्याती प्राप्त चिकित्सक थिए । पेशागत निष्ठा र ईमान्दारिता उनका बिशेषता थिए ।

माफियाहरुका कारण चुर्लुम्म डुबेको भेरी अस्पतालका पूर्व प्रमुख प्रधानले सके अस्पताल सपार्न लागे, बिगार्न तर्फ कहिले लागेनन् ।

कैयौं डाक्टरहरुले आफू अस्पताल प्रमुख हुँदा देशकै प्रधानमन्त्री भएजस्तो महसुस गरेर कसैलाई मान्छे नठानेको अनुभव आमनागरिकले गरिरहँदा वनले त्यस्तो व्यवहार कहिल्यै गरेनन् । अस्पताललाई निजि पेवा ठान्ने, अस्पतालमा सिन्डिकेट र कार्टेलिङ गर्ने अहिलेको प्रबृत्ति र गुटबन्दी जस्तोमा उनी कहिल्यै परेनन् । २०६१ सालमा केदार खडकाले संचालन गरेको टेलिभिजन कार्यक्रम पक्ष, प्रतिपक्षको छायांकनमा जवाफदेही बक्ताको रुपमा उपस्थित डाक्टर प्रधानले जनताले सोधेका दर्जनौं प्रश्नहरूको जवाफ जिम्मेवार ढंगले दिएर वनले निर्वाह गरेको सार्वजनिक जवाफदेहीता धेरैले सम्झिन्छन् ।

पछिल्लो समय त्रिपुरा बाल अस्पताल खोलेर डाक्टर प्रधानले सेवा दिईरहेका थिए ।

  • १५ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech