जंगली जनावर चित्तलको तीस किलो मासु सहित पक्राउ

असल शासन प्रतिनिधि

बाँके/ बाँके प्रहरीले जंगली जनावर चित्तलको ३० किलो मासुसहित एक जनालाई पक्राउ गरेको छ ।

राप्तीपारीबाट नेपालगन्जतर्फ आउदै गरेको भे १ ह ३९०८ नम्बरको पेट्रोलवाला अटोरिक्सा रोकी चेकजाँच गर्ने क्रममा शनिवार बेलुका छाला निकालेको अवस्थामा रहेको हड्डीसहितको बन्यजन्तु चित्तलको ३० किलोग्राम मासुसहित राप्तीसोनारी ६ का २४ बर्षिय अटो चालक हरी परीयार पक्राउ परेका हुन् ।

प्रहरीले मासु, अटो र अटो चालकलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ । डिभिजन बन कार्यालय बाँकेका सहायक बन अधिकृत गणेश खड्काले बन्यजन्तु चित्तलको ३० किलोग्राम मासुसहित, एउटा अटोरिक्सा र एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरी वन कार्यालयमा बुझाएको बताए ।

डिभिजन बन कार्यालयले सहायक डिभिजन वन अधिकृत रमेश बुढाथोकीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान शुरु गरेको छ । उक्त मासु कसले, कहाँबाट पठाएको हो ? भन्ने बारे अनुसन्धान शुरु भईरहेको छ ।

  • १७ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech